पचालझरनाका ९ वटै वडामा एक साथ योजना तर्जुमा गोष्ठी,पालिका स्तरमा सर्बदलिय तथा सर्बपक्षिय बैठक मार्फत सुझाब सकल गरिने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले वडा स्तरमा एक साथ योजना तर्जुमा गोष्ठी गरेको छ । वडा नम्बर एक देखि नौ सम्मका समुदायको उपस्थितिमा योजना छनोट गर्न लागिएको बताएको छ । वडा नम्बर १  मा वडा सचिब सतलसिंह बोगटीको संचालन तथा वडा अध्यक्ष बिर्खे लुवारको अध्यक्षतामा योजना तर्जुमा कार्यक्रम शुरु भएको छ भने वडा नम्बर २ मा वडा अध्यक्ष करबिरे कामिको अध्यक्षतामा वडास्तरिय योजना तर्जुमा गरिएको वडासचिब हस्त खड्काले बताइएका छ्न ।त्यसै गरेर वडा नम्बर तीन खार्दुमा पनि योजना तर्जुमा शुरु भएको वडा सचिब दिल बहादुर कठायतले बताएका छ्न । आज सबै वडामा योजना तर्जुमा गरेर आइतबार गाउँ पालिका स्तरमा योजना तर्जुका लागि सर्बदलिय तथा सर्बपक्षिय बैठक बोलाइएको  निमित्त कार्यकारी प्रमुख बिरेन्द्र बमले बताउनु भएको छ । पचालझरना गाउँ पालिका वडा नम्बर ९ मा वडा अध्यक्ष ललितजंग शाहिको अध्यक्षतामा योजना तर्जुमा गरिएको बताइएको छ । आगामी योजना जनताको हितमा हुने  र जनजिबिकाका सवालमा कार्यक्रम ल्याउन स्मुदायले सुझाव दिएको बताइएको छ। पचालझरना गाउँ पालिककोले आगामी वर्ष २०७९/०८०का लागि बिगतका योजना र स्वास्थ्य,शिक्षा र सडकलाई प्रथामिकतामा राखेर अघि बढ्ने बताउदै गाउँ पालिका अध्यक्ष देबराज शाहीले बिगतका अधुरा योजनालाई सम्पन्न गर्ने बताउनु भएको छ ।जनताका आबस्यक्ता परिपुर्ति गर्न बजेट अभाव हुने र बितरण गर्न मिल्ने बजेटका आधारमा योजना तय गर्ने अध्यक्ष शाहिको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित