कालीकोट ।रास्कोट सरकारले जनताको आवश्यक्तालाइ मध्ये नजर गर्दै जनपक्षिय काम गर्न शुरु गरेको छ ।
दोस्रो स्थानीय तहको निर्वाचन पछि निर्वाचित नगर प्रमुख धर्मराज शाहीको नेतृत्वको टिमले जनताका आवस्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम शुरु गरेको बताइएको छ ।
सोही अन्तरगत आज बसेको कार्यपालिका बैठकले प्रदेश सरकारको अनुदानमा रास्कोटका घरवारविहीन ६ जनाको घर बनाउने निर्णय गरेको छ । जनता आवास कार्यक्रम अन्तरगत रास्कोटका गरिब एवंम अति बिपन्न दलित घरपरिवारलाई आवास निर्माण गर्न छनोट गरेको नगर प्रबक्ता धन बहादुर धामिले बताउनु भएको छ । जस अन्तरगत नयाँ घर बन्नेमा रास्कोट नगरपालिका ८ निवासी बाटुली दर्जी,रास्कोट ५ का कुसे चदरा,वडा नम्बर ७ का भरत शार्कि, वडा नम्बर २ का धनसुर लुवार,वडा नम्बर ८ कि जैपुरा कामी र वडा नम्बर ६का धनसुर दर्जी रहेको बताइएको छ ।
घर निर्माणका लागि प्रती घर ३ लाख अनुदान पाउने प्रबक्ता धामिले बताउनु भयो ।
गएको वर्ष पनि जनता आवास कार्यक्रम लागू भएको थियो भने रास्कोट नगरपालिका ७ पुछ्रेगाउँमा एकीकृत नमुन वस्ती कार्यक्रम लागू भएर एक सय घर निर्माणको चरणमा रहेको नगर प्रमुख धर्मराज शाहिले बताउनु भएको छ ।
त्यसै गरेर अगामी वर्ष २०७९/०८० को लागि राजस्व परामर्श तथा बजेट तयारी समितीमा नगर प्रमुख धर्मराज शाही संयोजक रहने गरेर समिती गठन गरेको छ भने नगरका योजनाको अनुगमन गर्न नगर उपप्रमुख मनिराज बरालको संयोजकत्वमा समिती गठन भएको बताइएको छ ।
Discussion about this post