पचालझरनाका प्रत्येक कच्ची सडक कालो पत्रे गर्नु पहिलो प्राथमिकता हुन्छ-पुर्ब मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

कालिकाेट। कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पचालझरना गाउँ पालिकाका नव निर्वाचित जनप्रतिनिधिले कच्ची सडकलाइ ग्राबेल र कालो पत्रे गर्ने काम पहिलो प्राथमिकतामा राख्नु  पर्ने बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाको आर्थिक बर्ष २०७९/०८० काे बजेट निर्माणमा जनप्रतिनिधि र सराेकारवाला सँगकाे सुझाव तथा अन्तरकृया कार्यक्रममा पणेक्षामा सहभागी पुर्ब मुख्यमन्त्री शाहिले सो कुरा बताउनु  भएको हो। पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीको अध्यक्षता र कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकाे प्रमुख आतिथ्यता भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा सरोकारवालाले जनमुखी बजेट ल्याउन अनुरोध गर्दै सुझाब राखेका थिए ।

सो कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य  यसाेदा न्याैपाने,पचालझरना गाउँ पालिका पुर्ब अध्यक्ष  खड्गराज सेजुवाल, ने क पा (एकीकृत समाजवादी) प्रदेश कमिटी सदस्य चन्द बहादुर शाही ,नेपाली काङ्ग्रेसका टेक बहादुर बाेगटी लगाएतका   सराेकारबाल निकायको उपस्थिति रहेको बताइएको छ ।

सबैले सुझाव र गुनासाे कार्यक्रमका प्रमुख अतिथि शाहीले अबको पांच वर्ष भित्र पचालझरना बासिले कालाेपत्रे गरेको सडकमा गाडी चढ्ने चाहना पूरा हुने आशा ब्याक्त गर्नु भएको छ ।

त्यसका साथै पचालझरनामा खानेपानी ,सिचाइ , शिक्षा , स्वास्थमा जाेड दिई जनतालाई धनी बनाउने  चाहना रहेको बताउदै सबैले त्यसमा केन्द्रित भएर काम गर्दै नमुना गाउँ पालिका बनाउन लाग्न आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित