पचालझरनाको पणेक्षामा बन्दै गरेको सहिद स्मृति भवनको प्रथम मुख्यमन्त्री शाहीद्वारा अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिका केन्द पणेक्षामा निर्माण हुदै गरेकाे सहिद स्मृति भवनकाे कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अनुगमन गरेका छ्न। पचालझरना गाउँ पालिकाले आर्थिक बर्ष २०७८/०७९ मा १५ लाख बिनियाेजन गरिएको उक्त भवन निर्माणधिन अवस्थामा रहेको छ । उपभाेक्ता समिति मार्फत काम भएको उक्त भवनमा एक सय बढी अटाउन सक्ने सभाहल, अतिथि सम्मान विश्राम कक्ष, पचालझरना गाउँ पालिकाका जनयुद्धका ४६ जना सहिदहरुकाे ऐतिहासिक जिवनी र तस्बिरहरू सहितकाे स्मारिका बनाउन लागिएको र सो को ब्यबस्थापनका लागि थप बजेट ब्याबस्था गर्न उपभोक्ता समितिका अध्यक्ष सर्जन बि क ले बताए । सहिद स्मृति भवनलाई एउटा ऐतिहासिक महत्त्वकाे रुपमा जगेर्ना गर्न कुनै कसुर बाँकी नराख्ने गाउँ पालिका अध्यक्ष देवराज शाहीले बताएका छ्न।पणेक्षा बन्ने भवनलाइ सहिद संग्रहालयका रुपमा बिकाश गर्न प्रथम मुख्यमन्त्री शाहिले निर्देशन गरेका छ्न।पचालझरना गाउँ पालिकाले यस अघि जनयुद्धका शहिदहरुको सम्झनामा घुराबगरमा सालिक बनाउनुका साथै सहिद स्तम्भ समेत तयार गरेको छ ।अनुगमन कार्यक्रममा पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बम, पुर्ब अध्यक्ष खड्गराज सेजुवाल लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित