पलातालाइ नमुना बनाउन अहिलेका जनप्रतिनिधिले महत्त्वपूर्ण भुमिका खेल्नु पर्छ – पुर्ब मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

कालीकोट ।कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा पलाता गाउँ पालिकामा नेकपा(माओवादी केन्द्र)कार्यक्रता प्रशिक्षण शुरु भएको छ ।
नेकपा (माओबादि केन्द्र)का तर्फबाट निर्वाचित जनप्रतिनिधि द्वारा कर्नालि प्रदेशका पुर्ब मुख्य मन्त्री शाहीलाई आज पलातामा स्वागत गरिएको छ । पलाता गाउपालिका अध्यक्ष बिस्नु बहादुर राेकायाका अनुसार पलाता गाउँ पालिकाका जनप्रतिनिधि र पार्टी बिच गरिने अन्तरक्रिया कार्यक्रममा पुर्ब मुख्यमन्त्री शाहीको उपस्थिति रहेको  बताइएको छ ।
सो कार्यक्रममा पुर्ब मुख्यमन्त्री शाहीले पलातामा नेकपा माओबादि केन्द्रका केही कार्यक्रताहरुले प्रतिद्वन्द्वीकाे भुमिका निर्बाह गरेको भएपनी अबसरवादी असफल भएको बताउनु भएको छ ।
पुर्ब मुख्यमन्त्री शाहीले यस्ता खालका समस्याहरु फेरि नदाेहाेरियाेस भन्दै पलातामा नेकपा (माओबादि केन्द्र)बाट बिजय भएका जनप्रतिनिधिहरुलाई पलाता नमुना काम गर्न सुझाव दिनु भएको छ ।
पलाता गाउँ पालिका अध्यक्ष बिस्णु बहादुर राेकायाले पहिलेको भन्दा अहिले पलातामा बिकासका कामहरु नमुना योग्य बनाउने प्रतिबद्धता गर्नु भएकाे छ । सो कार्यक्रममा नेकपा(माओवादी केन्द्र)केन्द्रिय सदस्य यसोदा न्यौपाने, कर्नाली प्रदेश कमिटी सदस्य खड्गराज सेजुवाल र पलाता इन्चार्ज मान बहादुर भण्डारी लगाएतका नेताहरुको उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित