सबै भन्दा अघि बजेट ल्याउनेमा पचालझरना,उपाध्यक्ष बम द्वारा ४३ करोड बजेट प्रस्तुत

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँपालिकाले सबै भन्दा अगाडि बजेट ल्याएको छ। जिल्लाभर अन्य पालिकाले योजना तर्जुमा गरिरहदा पचालझरनाले भने आर्थिक वर्ष २०७९/८० को लागी ४२ करोड ९० लाख ४७ हजार ६ सय ९३ रुपैयाँको वजेट  प्रस्तुत गरेको छ ।

पचालझरनाको नवौं औँ गाउँ सभामा गाउँ पालिका अध्यक्ष देबराज शाहीले नीति तथा कार्यक्रम र उपाध्यक्ष अल्किना वम(सेजुवाल)ले ४२ करोड ९० लाख ४७ हजार ६ सय ९३ रुपैयाँको वजेट प्रस्तुत गरेको बताइएको छ । गाउँपालिका अध्यक्ष देवजंग शाहीको सभा अध्यक्षता तथा जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावत (विक)को प्रमुख आतिथ्यतामा  भएको नवौं  गाउँ सभा अघि राजनितिक दल र स्थानियको सुझाव संकलन गरेर कार्यक्रम ल्याइएको गाउँ पालिका उपाध्यक्ष अल्किना बमले बताएकी छ्न ।

आउने पचालझरना गाउँ पालिकाले बिगतमा पनि समयमै गाउँ सभा गरेको थियो । जिल्लाको पलाता लगाएतका गाउँ पालिकाले आज बजेट ल्याउने तयारी गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित