कालीकोट ।पलाता गाउँ पालिकाले १०औं गाउँ सभा भोलि गर्ने भएको छ ।गाउँ सभा पुर्ब पलाता गाउँ पालिकाले विभिन्न समिती तथा सरोकारवाला निकायहरुको उपस्थितिमा सुझाब संकलन र कार्यपालिका बैठकले गरेको निर्णय अनुसार पलाताको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भएको बताइएको छ । यस अघि पलाता गाउँ पालिकाले गरेका योजनाको भुक्तानी दिनु पर्नेमा राखिएको बताउदै पलाता गाउँ पालिकाको आगामी बजेट जनमुखी ल्याउन आफुहरु लागि परेको गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले बताए । उनले बजेटको परिसिमामा रहि बजेट प्रस्तुत हुने र सो बजेटले पलाती जनताको जीवन परिवर्तन हुने आशा ब्यक्त गरेका छ्न ।बिकाश र समृद्धि पलाताको आबस्यक्ता,सुशासन र भस्टाचार मुक्त हाम्रो गाउँ पालिका नारा दिएको १० औ गाउँ सभाले महत्त्वकांक्षी भन्दा पनि जनमुखी कार्यक्रम अघि बढाउन लागेको बताइएको छ ।
Discussion about this post