पलाता अस्पताल बन्द भएको छैन-डाक्टर बिजय महत्तो

7
SHARES
15
VIEWS

कालीकोट ।पलाता अस्पतालका करार कर्मचारीलाई हटाउने हल्ला संगै बन्द भएको भनिएको अस्पताल बन्द नभएको बताइएको छ ।पलाता अस्पतालका डाक्टर बिजय कुमार महत्तोका अनुसार गएको चैत्र महिना सम्म मात्र नियुक्ति भएका कर्मचारीले हाल सम्म काम गरेको र आफुहरुलाइ पुन नियुक्ति हुने बारेमा ससंकित भएर करार कर्मचारी हाजिर नभएको बताउदै डाक्टर महत्तोले काम गरेका इमान्दार कर्मचारीलाई पुन नियुक्ति गर्ने गरेर प्रक्रिया अघि बढेको तर कर्मचारी आफै हाजिर नभएको बताए । कर्नाली संचार संग कुरा गर्दै डाक्टर महत्तोले पलाता गाउँ कार्यपालिका बैठकले अर्को ब्यबस्था नहुंदा सम्म कसैलाइ हटाउने र कायम राख्ने कुनै पनि निर्णयको जानकारी प्राप्त नभएको बताए । आउदो साउन देखि के गर्ने कार्यपालिकाको निर्णयका आधारमा हुने बताउदै सक्षम कर्मचारीले सेवा गर्न पाउने बताए ।अहिले पलाता अस्पतालमा कसैले ताला पनि नलगाएको र बन्द पनि नभएको बताइएको छ । पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले अस्पताल बन्द नहुने तर करार कर्मचारीका लागि के गर्ने भन्ने छलफल चलेको तर हटाउने बारेमा केही निर्णय नभएकाले ससंकित नहुन आग्रह गरेका छ्न । बिगतको सरकारले करारमा कर्मचारी राख्ने तर सेवा सुबिधा नदिने गरेकाले समस्या आजको नभएको अध्यक्ष रोकायाको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित