रास्कोटले जनताका गुनासो सुन्न “हेलो मेयर कार्यक्रम”संचालन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको दोस्रो निर्वाचन पछि विजयी जनप्रतिनिधिले गाउँमा समुदायको हितमा विभिन्न कार्यक्रम अघि सारेका छन । जस अनुसार रास्कोट नगरपालिकाले समुदायको गुनासो सुन्न हटलाई सेवा विस्तार गरिने जनाएको छ ।

१० औं नगर सभामा रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही(पोषण)ले प्रस्तुत गरेको निति तथा कार्यक्रममा “हेलो मेयर कार्यक्रम”संचालनमा ल्याउने उल्लेख गरिएको छ । रास्कोट नगरपालिकाका समुदायहरुको कुनै पनि समस्या हल गर्न आफुहरु लागि पर्ने बताउदै प्रमुख शाहीले प्रत्यक्ष रुपमा हल नभएपछि फोन मार्फत समस्या राख्न पाउने गरी हेले मेयर कार्यक्रम ल्याएको बताए ।

त्यसै गरी नगरपालिकालाई प्रविधि मैत्रि बनाउने र हरेक वडामा वाइफाई फ्रि जोन घोषणा गर्ने गर्ने नगरपालिकालाई साइवर सुरक्षा प्रणालि अवलम्बन गरिने रास्कोट नगरपालिकाले जनाएको छ । रास्कोट नगरपालिकामा सामाजिक सुरक्षा तथा अन्य सेवा सुविधाका विषयमा जानकारी दिन हरेक वडामा प्रविधि मैत्रि बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित