रास्कोट नगरपालिकाले “भुमि” तथा “योजना बैंक” संचालन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाको १० औं नगरसभाले भुमि बैंक तथा योजना बैंक संचालनमा ल्याउने निति तथा कार्यक्रममा समाबेश गरेको छ ।नगरपालिका भित्रको जमिनलाई बांझो नराखि उत्पादन बढाउनका लागि भुमि बैंक संचालनमा ल्याउने जनाइएको छ ।

विगतको स्थानिय सरकारले अघि सारेको उक्त कार्यक्रमलाई निरन्रतरता दिदै कृषिमा प्राथमिकता दिन सो अभियान संचालन गरिएको नगर प्रमुख धर्मराज शाही(पोषण)ले कर्नालि संचारलाई बताएका छन । उनका अनुसार हरेक विकास निर्माणका कामलाई समेत व्यवस्थित तथा प्राथमिकताका आधारमा जनताका आवश्यक्तालाई मध्यनजर गर्दै योजनाहरु एक रुपतामा ल्याउन योजना बैंक समेत संचालनमा ल्याउने दावि गरेका छन ।

यस अभियानले जनताका आवश्यक्तालाई प्राथमिकिकरण गर्ने र योजना बैंकमा समाबेश भएपछि मात्र नगर सभा वा अन्य बैठकबाट सिफारिस गरिने बताइएको छ । रास्कोट नगरपालिकामा कृषि तथा पशुपालनका लागि विशेष जोड दिदै कृषकहरुलाई उत्पादन बढाउने गरी काम गर्न हरेक कार्यक्रम अघि सारेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित