खांडाचक्रमा जनतालाइ स्थानीय सरकार छ भन्ने महसुस गराउछौ-नगर उपप्रमुख शाही

7
SHARES
15
VIEWS

कालीकोट। खांडचक्र नगरपालिका उप प्रमुख गणेश बहादुर शाही(आकाश)ले स्थानीय सरकार छ भन्ने जनतामा अनुभुती नभएको बताएका छ्न ।दोस्रो स्थानीय तहको निर्वाचन पछि बिजयी जनप्रतिनिधिले जनतामा स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउने बताएका हुन ।
शनिबारको विशेष भेटघाटमा कर्नाली संचारको कार्यक्रम”आहाना मिहिना” मा भलाकुसारीका क्रममा अबको केही दिनमा जनतामा स्थानीय सरकार भएको महसुस गराउन सिंगो नगरपालिका लागेको बताएका छ्न ।
आफुहरुको कार्यकालको पहिलो काम भनेकै जनताका पक्षमा काम गर्नु पर्ने रहेकाले नीति नियम बनाइ क्रमस कार्यन्वयन गर्ने बताएका छ्न । उनले कृषि,पशु तथा उद्वम कार्यक्रममा प्रत्येक वडामा नमुना काम गर्ने त्यसबाट कृषकको जीवन स्तर उकास्ने बताए । नगरप्रमुख शाहीका अनुसार पहिलेको स्थानीय सरकारले ग्रामीण र बजार क्षेत्रमा करमा लगाइएको समान दरलाइ हटाएर कृषकहरुलाइ ५० प्रतिशत छुट दिएको र बजार क्षेत्रमा थप गरेको समेत बताए ।
अहिले नगरपालिकामा जनताका काम भन्दा पनि आफ्ना काम कसरी गर्ने र कता बाट फाइदा हुन्छ भन्ने मान्यता बोकेर केही ब्यक्तिहरुमा देखिएको स्वार्थ हट्ने बताउदै शाहीले आफू जनताको हितमा हुने काममा लागि  परेको बातेका छ्न। जनताको काम पहिलो प्राथमिकतामा राख्दै  नगर उपप्रमुख शाहीले शैक्षिक क्षेत्रको बिथिती हुँदै अन्य काम सुधार गर्न आफुले ध्यान केन्द्रित गरेको बताए ।
खांडाचक्र नगरपालिका सबै वडामा खानेपानी देखि अन्य काम निरन्तरता जस्तो भएपनी सुधार र गुणात्मकता अबको अभियान रहने उपप्रमुख शाहीको भनाइ छ । अहिले खांडाचक्र नगरपालिकामा स्वतन्त्रका तर्फबाट नगर प्रमुख कमल बहादुर शाही र नेकपा माओवादी केन्द्रका तर्फबाट उपप्रमुख गणेश बहादुर शाही बिजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित