कालीकोटका गाउँ गाउँमा प्रहरीको जनचेतना अभियान तिव्र,यस वर्ष ३८५ वटा चेतना मुलक कार्यक्रम सम्पन्न(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला प्रहरी कार्यालय कालीकोट र ट्राफिक प्रहरीले स्वच्छ सडक अभियान थालेको छ । सडकमा सवारी दुर्घटनामा कम गर्न र मानविय क्षति हुनु नदिन समुदाय प्रहरी साझेदोरी कार्यक्रम अन्तरगत जिल्ला सदरमुकाम मान्ममा सो अभियान थालेको हो । यातायात व्यवसायि  तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपीस्थतिमा गरिएको अभियानमा जिल्ला प्रहरी कार्यालय कालीकोटका वरिष्ठ प्रहरी निरिक्षक शरद पाण्डे लगाएतको उपस्थिति रहेको बताइएको छ । त्यसै गरी जिल्ला प्रहरी कार्यालय कालीकोटले ग्रामिण क्षेत्रमा जनचेतना मुलक कार्यक्रममा तिव्रता दिएको छ ।

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध जनजिवन ताडीमा प्रहरी अभियान

जिल्ला प्रहरी कार्यालय कालीकोट मातहतका प्रहरी चौकीहरुले जातिय छुवाछुत तथा विकृति विसंगति विरुद्ध समुदाय स्तर र वालवालिकाहरुमा चेतना अभिबृद्धि बढाएको हो । पछिल्लो समयमा गाउँ केन्द्रित थालेको उक्त कार्यक्रमले समुदाय स्तरमा अभिबृद्धि भएको छ ।

प्रहरी चौकी मुम्रामा दैवि प्रकोप सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्दै

कालीकोट जिल्लाको नाग्मगाड प्रहरी चौकीले तिलागुफाका विभिन्न स्थानमा पुगेर प्रहरी समुदाय साभेदारी कार्यक्रम अन्तरगत चेतना अभिबृद्धि गराएको छ । त्यस्तै नरिहनाथ गाउँ पालिकामा रहेको इलाका प्रहरी कार्यालय मातहतको प्रहरी चौकी लालुखुलालुले समुदाय स्तरमा दैवि प्रकोप सम्बन्धि चेतना अभिबृद्धि गराएको छ ।
जिल्लाको विकट मानिदै आएको पलांता गाउँ पालिकाको पुलाहमा समेत इलाका प्रहरी कार्यालय थिर्पु मातहतको प्रहरी चौकी कहेरीले समेत जातिय छुवाछुत सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

इलाका प्रहरी थिर्पुले पलांताको पुलाँहमा संचालन गरेको महिला हिंसा विरुद्ध चेतना मुलक कार्यक्रम
महाबै गाउँ पालिकाको गेला अस्थायि प्रहरी पोष्ट द्धारा महिला हिंसा र दैवि प्रकोप सम्बन्धि कार्यक्रम

गाउँ घर तथा विद्यालयमा समेत गतिविधि गर्दै आएको कार्यालयले पहिलेको तुलनामा ग्रामिण समुदाय स्तरमा लाग औषध तथा जातिय छुवाछुत र महिला हिंसाका बारेमा सचेत गराउन थालेको बताइएको छ । उक्त कार्यले जिल्लामा झै झगडा तथा हिंसाका घटना न्युन हुने आशा लिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रहरी चौकी पिली द्धारा महिला हिंसा सम्बन्धि चेतना जगाउदै प्रहरी

जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी सुबराज बमले जिल्ला भर यस वर्ष ३ सय ८५ वटा चेतना मुलक कार्यक्रम गरेको बताएका छन । उनले भने जिल्ला भर प्रहरी समुदाय साझेदार कार्यक्रमले समुदायमा झैझगडा तथा सामाजिक भेदभावमा न्युनिकरण आएको दावि गर्दै यसबाट के कस्ता प्रभाव पारेको छ सो को बारेमा विश्लेषण गर्न कार्यालय लागि परेको प्रहरी निरिक्षक तथा सुचना अधिकारी बमले बताए ।चेतना मुलक कार्यक्रमका लागि नेपाल प्रहरीको केन्द्रिय हेडक्वाटरबाट मासिक रुपमा तोकिए अनुसार चेतना मुलक कार्यक्रम गर्ने गरेको बताइएको छ

जिल्ला प्रहरी कार्यालय कालीकोट द्धारा जनजिवत मावि ताडीमा लागु औषध सम्बन्धि विद्यार्थिहरुलाई चेतना मुलक कार्यक्रम गर्दै

जिल्ला प्रहरी कार्यालय मातहतका निकायले गरेको चेतना मुलक कार्यक्रमले समुदायमा जानकारी नभएको कुराहरु थाहा पाउने माध्यम भएको र महिला वालवालिका तथा अन्य सामाजिक भेदभावका घटनामा कमि ल्याउन मद्यत पुगाएको पिलिका समन्ते परियारले बताए । उनले भने गाउँमा छुवाछुत तथा विभेदहरु हुने गरेको तर गाउँकै मानिसले भनेको विश्वास मान्ने चलन नभएका कारण प्रहरी समेत आएर चेतना अभिबृद्धि गर्नु र सो कार्य गरे कानुले उल्लेख गरेका बारेमा जानकारी हुंदा समाजमा सकरात्मक प्रभाव परेको परियारको भनाई रहेको छ ।

लागु औषध सम्बन्धि सदरमुकाम मान्ममा र्यालि गर्दै प्रहरी

कालीकोट जिल्लामा यस अघि जातिय विभेदका घटना तिव्र हुने जिल्लाका रुपमा मानिदै आएको भएप्नि पछिल्लो समय त्यस्ता घटनामा न्युनिकरण हुन थालेको जिल्लाका राजनैतिक अगुवाहरुको ठम्याई रहेको छ । नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य विष्णु विकका अनुसार पछिल्लो समयमा जनयुद्धका कारण दलित माथिको भेदभाव न्युन भएको र छिटफुट घटना घटेपनि ठुला घटना नहुने समाजका लागि राम्रो भएको बताएका छन ।

तस्विरहरु : जिल्ला प्रहरी कार्यालय कालीकोट

प्रहरी चौकी लालुखुलालुले अबैध मदिरा नष्ट गर्दै

 

पचालझरनाको कोटिलामा अस्थायि प्रहरी चौकी द्धारा चेतना मुलक कार्यक्रम          
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित