कालीकोट । पचालझरना गाउँ पालिकाले योजनाको काम हेरेर मात्र रकम भुक्तानि गर्ने भएको छ । गाउँ पालिका अध्यक्ष देबराज शाही र उपाध्यक्ष अल्किना बम सहितको प्राबिधिक टोलिले योजनाको अनुगमन थालेको छ । प्रदेश सरकारले असार २३ गते भित्र योजनाको भुक्तानी गर्ने पत्र पठाए संगै कामको अनुगमन शुरु भएको गाउ पालिका अध्यक्ष देबराज शाहीले बताए । उनले भने हरेक योजनाको स्थलगत अनुगमन गरेर भुक्तानीका लागि सिफारिस गर्ने बताए । आज पचालझरना वडा नम्बर ९ को सहिद स्मृति भवन,बोलुगाउं को बिद्यालयको भवनको अनुगमन गरिएको र कोटिला र बोलुगाउँमा त्रुटि रहेकोमा पुन सुधार गर्ने निर्देशन दिएको बताए ।पचालझरना गाउँ पालिका अध्यक्ष शाहीले वडा नम्बर ७ को नानिकोटका दुई वटा भवन निर्माण सम्पन्न भएपछी उपभोक्तालाइ धन्यवाद दिएको समेत बताए । उनले भने राम्रोलाइ पुरुस्कृत गर्ने र गलतलाइ दण्डित गर्न समेत बताएका छ्न । पछिल्लो समय बिकाश निर्माणका काममा असारे चटारो बढेको छ ।
Discussion about this post