हरियालि रास्कोट बनाउन प्रति घर अनविार्य ५ विरुवा लगाइने

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले वातावरण संरक्षण र जलवायु परिवर्तनलाई अनुकुलन गर्न बृक्षारोपण कार्यक्रम गर्ने भएको छ । नगरपालिका भित्रका समुदायहरुले एक घरले ५ वटा विरुवा लगाउने निति लिएको छ ।

रास्कोट नगरपालिकाको १० औं नगर सभामा प्रस्तुत निति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ । रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही(पोषण)का अनुसार नगरपालिका भित्रका हरेक घरले ५ वटा विरुवा लगाउने निति लिएको बताए । उनले भने बृक्षारोपणका लागि आवश्यक विरुवा नगरपालिकाले उपलब्ध गराउने समेत बताएका छन । यस अघिको नगर सरकारले पनि बृक्षारोपण कार्यक्रम गर्ने योजना अघि सारेको थियो ।

रास्कोट नगरपालिकामा पहिलोको तुलनामा बृक्षारोपणमा हरेक घरपरिवारले आफ्नो घर वरिपोरी हरियालि र खोला किनारमा समेत बृक्षारोपण गरेर हरियालि बनाउदै आएका छन । सो कार्यक्रमलाई स्थानिय सरकारले साथ दिएपछि थप हौसला मिलेको समुदायले बताएका छन ।

स्थानिय स्वस्थ्यकर्मि हंसराज न्यौपानेले सिपखाना स्वस्थ्य चौकी परिसरमा विरुवा लगाउन शुरु गरेका छन । सोही अनुसार समुदायले पनि बृक्षारोपणमा साथ दिने न्यौपानेको भनाइ रहेको छ ।

तस्विर: हंसराज न्यौपाने फेसबुकवालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित