तिलागुफाका घरघरमा गएर जेष्ठ नागरिकलाइ स्वास्थ्य परिक्षण सहित सम्मान(फोटोफिचर)

7
SHARES
15
VIEWS

कालीकोट ।जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटले  तिलागुफाका जेष्ठ नागरिकलाइ स्वास्थ्य परिक्षण गरेको छ । तिला गुफा नगरपालिका भित्रका जेष्ठ नागरिकलाई स्वास्थ्य परिक्षण गरिएको बताइएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार सो नगरपालिकाको वडा नं ९ ढिम्नियाका ३३ जना जेष्ठ नागरीकलाई घरमै पुगेर स्वास्थ्य परिक्षण तथा सम्मान गरिएको बताएका छन ।
जिल्ला जन स्वास्थ्य सेवा ब्यबस्थापक डा.रत्नवीर सुनार लगायतको स्वास्थ्य सेवा कार्यालय कालिकोटको टोलि  तिलागुफा नगरपालिकाको वडा नं ११ ढिम्निया पुगेर ३३ जना जेष्ठ नागरीकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै वाकिङ्ग एड (लौरो), हाईजिन किट र पछ्यौरा प्रदान गरी सम्मान गरेको बताएका छन। उक्त शिबिरमा ६७ बर्ष देखि ७८ वर्ष उमेरका पूरुष तथा महिला जेष्ठ नागरीकहरुको सहभागिता रहेको थियो । यस कार्यले स्थानीयमा खुशियाली छाएको छ ।स्थानीय जेष्ठ नागरिकले आफुहरुको साहाराका रुपमा जिल्ला स्वास्थ्य कार्यालयलाइ बुझेको बताएका छन।सो कार्यक्रममा बोल्दै जनस्वास्थ्य ब्यबस्थापक डाक्टर रत्नबिर सुनारले स्वास्थ्य क्षेत्रलाइ ख्याल गर्दै जेष्ठ नागरिकलाइ सबैले हेला गर्ने भएकाले अबका दिनमा अग्रहरुको स्वास्थ्यमा ख्याल गर्न समुदायलाई आग्रह गरेका छन ।तिलागुफामा भएको एकीकृत स्वास्थ शिबिरमा ४ सय७३जनालाइ विभिन्न सेवा दिएको बताइएको छ।तिलागुफा नगरपालिका ११ का अध्यक्ष नरेन्द्र रोकायाको उपस्थितिमा भएको  शिबिरमा बिभिन्न रोगको परिक्षण भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित