कालीकोट,असार । जिल्लाको रास्कोट नगरपालिकामा हिमचुलि कृषि सहकारी संस्था लि.द्धारा राहत सामाग्रि हस्तान्तरण गरिएको छ ।
रास्कोट नगरपालिकामा रहेका क्वारेन्टाइनमा बसेका नागरिकहरु व्यवस्थापनका लागि चामल १५ बोरा,२ पेटी तेल,साबुन लगाएतको सामाग्रि हस्तान्तरण गरिएको हो ।
संस्थाका अध्यक्ष काली बहादुर महताराको उपस्थितिमा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल,उपप्रमुख मिमसरा शाहीलाई आज एक कार्यक्रमका विच हस्तान्तरण भएको सेवा कार्यालय रास्कोटका व्यवस्थापक कृष्ण प्रसाद बरालले बताउनु भएको छ । वहांका अनुसार रास्कोटका विभिन्न ठाउँमा स्थापना गरिएका नागरिकहरुलाई राहत पुगोस भनेर खाद्यन्न सामाग्रि हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग आरएमडिसि लघुवित्त वित्तिय संस्था लि.काठमाडौंको आर्थिक सहयोगमा जिल्लाका दुई स्थानिय तहलाई प्रदान गर्नु पर्नेमा आज रास्कोट नगरपालिकालाई सहयोग हस्तान्तरण गरिएको बताइएको हो । त्यसै गरी कालगति मृत्यु भएका रास्कोट ७ निवासि रचना कामीका आफन्तलाई विमा राहत वापत तीन हजार र सुत्केरी खर्च वापत निर्का विकलाई पांच सय नगद प्रदान गरिएको बताइएको छ ।
यस अघि हिमचुलि कृषि सहकारी संस्था लि.ले तिन नगरपालिका र गाउँ पालिकालाई ४० हजारका दरले ३ लाख ६० हजारको हजारको खाद्यन्न,तेल चामल सहयोग गरेको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताउनु भएको छ ।
जिल्ला भर कार्यक्षेत्र भएको सबै भन्दा ठुलो तथा व्यवसायिक सहकारी संस्था ले नौ वटै स्थानिय तहमा सेवा कार्यालय विस्तार गरी विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।
Discussion about this post