कालीकोट अषार ३० गते पूर्ण खोप युक्त जिल्ला घोषणा हुने

7
SHARES
15
VIEWS

कालीकोट । कालीकोट जिल्ला पूर्ण खोप युक्त जिल्ला घोषणा हुने भएको छ । आज जिल्लामा प्रदेश खोप समन्वय समितिको टोलिले स्थलगत अध्ययनका लागि आइपुगेको छ ।

जिल्ला स्वस्थ्य सेवा व्यवस्थापक डाक्टर रत्नविर सुनारले जिल्लाको अवस्थाका बारेमा जानकारी गराउदै सो टोलिले अध्ययन गरेर प्रतिवेदन पेश गरिसके पछि असाार ३० गते पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने भएको छ । यस अघि असार ३० गते घोषणा गरिने बारेमा प्रस्तावित गरिएको र सोही अनुसार समन्वय समितिको बैठकले असार २८ गते निणर्य लिने जिल्ला स्वस्थ्य अधिकृत कटक महतले बताएका छन ।

उनका अनुसार प्रदेश खोप समन्वय समितिको टोलिका उमा डिसी,पुष्पा आचार्य लगाएतको सहभागिता रहेको थियो । प्रदेश खोप समन्वय समितिको बैठकले निणर्य लिने र असार ३० गते घोषणा हुनेमा पक्का भएको जनस्वस्थ्य अधिकृत महतको भनाई रहेको छ ।

कालीकोट जिल्लाका विभिन्न नगर तथा गाउँ पालिका यस अघि नै पूर्ण खोप युक्त घोषणा भइसकेको महतले जानकारी दिएका छन ।

कालीकोट जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला घोषणाका लागि विभिन्न कर्याक्रम गरेर सरसफाईमा अघि बढेको छ भने जिल्लामा स्वस्थ्य क्षेत्रमा यस कार्यले उच्च सफलता लिने जिल्ला अस्पताल व्यवस्थापन समिति कालीकोटका पूर्व अध्यक्ष सरोज बोगटीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित