कालीकोट । पचालझरना गाउँ पालिकाको उद्यम विकास शाखाले उद्यमिलाई सामाग्रि सहयोग गरेको छ ।
पचालझरना गाउँ पालिकाको उद्यम शाखाबाट वडा न.२का फर्निचर संचालक धर्म लुवारलाई सामाग्रि हस्तान्तरण गरिएको हो । पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही र निमित्त कार्यकारी प्रमुख विरेन्द्र बमको उपस्थितिमा सो सामाग्रि हस्तान्तरण गरिएको हो ।
सो कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले गरिवि घटाउनका लागि उद्योग संचालन गर्नु पर्नेमा जोड दिदै आफुले उद्यागिहरुको हितमा काम गर्ने बताएका छन । प्राज्ञिक फर्निचर उद्योगका संचालक धर्म लुवारले ४० हजार बराबरको टेवल मेसिन,रत्ना तथा फुलबुट्टाका लागि फर्निचर सामाग्रि पाएकोमा गाउँ पालिकालाई धन्यवाद दिएका छन ।
Discussion about this post