डोकाडालोबाट घरपरिवार धान्दै रुप्साका कन्न दर्जि

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकामा पाइने निगालाबाट बन्ने डोका डाला जिल्ला बाहिर बजार पाउन थालेका छन ।

नरहरिनाथ गाउँ पालिका ४ निवासि  चंचलले परिचित कन्न दर्जिले गाउँमा डोका,डाला तथा सुपा खरिद गरेर जिल्ला सदरमुकाम मान्म तथा छिमेकी जिल्ला दैलेख र अछाममा विक्रि गर्ने गरेका छन । उनले सुपाको ५ सय देखि ६ सय सम्म विक्रि गर्ने गरेको बताउदै सुपा,डोका र डालाबाट मासिक रुपमा २० देखि २५ हजार कमाई गर्ने गरेको बताए । आफुलाई डोका डाला बुन्न सिप भएपनि गाउँ घरमा बनाइएका डोका डालाहरु खरिद गर्ने र पालिका बाहिर लिएर विक्रि गर्ने गरेको दर्जिको भनाई रहेको छ ।

गाडीमा ढुवानि गर्दा महंगो हुने भएकाले आफै बोकेर सदरमुकाम मान्म वजार तथा गाउँघरमा पुगाउने गरेको बताए ।पहिलेको समयमा आफन्तहरुलाई नासाको रुपमा दिने गरिएको डोका डालाहरु पछिल्लो समय विक्रि हुन थालेपछि उचित बजार पाएको स्थानियको भनाई रहेको छ ।

पछिल्लो समयमा स्थानिय सरकारले डोका डालाको उचित व्यवस्थापन गर्दै स्थानिय हाट बजार संचालन गरेर थप बजारीकरणमा जोड दिन लागि परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित