पचालझरनाको खार्दुलाई पर्यटन गाउँ बनाइने

7
SHARES
15
VIEWS

कालीकोट,असार ।नेपालको सबै भन्दा अग्लो पचालझरनाको काखमा रहेको गाउँ लाई पर्यटन गाउँ बनाइने भएको छ ।

यस अघि सो गाउँमा गाउँ पालिकाको लगानिमा होम स्टे निर्माण भएको र त्यसलाई व्यवस्थित गर्दै सिंगो गाउँलाई पर्यटन गाउँ बनाउने तयारी भएको पचालझरना गाउँ पालिकाले जनाएको छ । गाउँ पालिकाले छैटौं गाउँ सभाको निति तथा कार्यक्रममा खाुर्दलाई पर्यटन गाउँ बनाउने र पचालझरनामा अवलोकन गर्न आउने सबै आगन्तुकलाई फरक पहिचान दिने खालको व्यवस्थापन गर्न लागिएको बताइएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले झरनै झरनाको गाउँ रहेको पचालझरना गाउँ पालिकामा यहां उत्पादित वस्तु र पर्यटकिय क्षेत्रहरुबाट आगन्तुकले फरक महसुस गर्ने वातावरणको सृजना गर्ने तयारी भएको हो ।

पछिल्लो समयमा पचालझरना हेर्नका लागि दिनहुं आन्तरिक तथा बाह्य पर्यटक आउने र त्यसको व्यवस्थापन गर्न सहज हुने हेतुले पर्यटन गाउँ बनाउने लागिएको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । जुन गाउँ अर्गानिक कृषि उत्पादनका दृष्टिले नमुना गाउँ हो । परापुर्वकालमा देवि देवताको अखडा भनेर पनि चिनिएको गाउँ हो ।

अहिले पनि खार्दुमा माथिल्लो क्षेत्र(लेक)मा वालि लगाउदा,गाइ भैसि लेकमा लैजादा देवि देवतालाई सोधेर मात्र लिने प्रचलन रहदै आएको छ । पचालझरना गाउँ पालिकाले पर्यटन प्रवद्धनका लागि पनि विशेष योजना बनाएको छ । पचालझरनाको प्रचार प्रसारका लागि देउडा,पर्चा पम्पलेट, अडियो गित लगाएतको क्रियाकलापहरु गर्ने जनाएको छ । पर्यटन रोजगार र कृषिमा प्रथामिकता दिएको पचालझरनाले पछिल्लो समय नमुना काम गर्दै आएको छ ।

संघिय सरकारले जारी गरेको समय सिमा भन्दा अगावै गाउँ सभा गर्न सफल रहेको पचालझरनाले विगतका वर्षहरु भन्दा फरक खालको तरिकाले गाउँ सभा गरेको छ भने बजेट पनि त्यहि प्रक्रियाबाट बाहिर ल्याउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित