कालीकोटमा पहिलो पटक प्रधानध्यापक सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा पहिलो पटक प्रधानध्यापकलाई सम्मान गरिएको छ । सामाजिक विकास कार्यालय कालीकोटको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ कालीकोटको आयोजनामा जिल्लाका ९ वटै पालिकाबाट एक एक जना प्रधानध्यापकलाई सम्मान गरिएको हो ।

जस अनुसार पलांता गाउँ पालिकाबाट सर्पानन्द न्यौपाने,सान्नित्रिवेणि गाउँ पालिकाबाट डांफे माविका प्रधानध्यापक हिरामणि सिमखाडा,रास्कोट नगरपालिका पिंगलादेवि आधारभुत विद्यालयका प्रधानध्यापक बुद्धि प्रसाद न्यौपाने, खांडाचक्र नगरपालिका बालमन्दिर आधारभुत विद्यालयका प्रधानध्यापक नन्दा शाही,शुभकालिका गाउँ पालिकाबाट दाहाल माध्यमिक विद्यालयका प्रधानध्यापक लक्षिराम आचार्य लगाएतका प्रधानध्यापक रहेका छन ।

२०९ औं भानजयन्ति तथा गुरुपूर्णिमाको अवसरमा आयोजित उत्कृष्ट प्रधानध्यापक प्रोत्साहन कार्यक्रम अन्तरगत सम्मान गरिएको हो । गणेश आधारभुत विद्यालय खाडामा अध्यापन गराउदै आएका प्रधानध्यापक सर्पानन्द न्यौपानेले संघियता आइसके पछि अस्तव्यस्त भएको शिक्षा क्षेत्रमा क्रमस सुधार हुन थालेको र राम्रालाई सम्मान हुने दिन शुरु भएको बताउदै २०५५ साल देखि शिक्षण पेशामा संलग्न रहदै आएको र अहिले जिल्ला स्तरमा सम्मानित हुन पाउदा खुशि लागेको बताए ।

उनले भने पालिका स्तरमा पनि शिक्षकहरुलाई सम्मान गर्न शुरुवात गर्नु पर्नेमा जोड दिएका छन । जिल्ला स्तरिय प्रधानध्यापक सम्मानित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा,शिक्षा इकाई प्रमुख चन्द्र प्रसाद अधिकारी,सामाजिक विकास कार्यालयका प्रमुख शिवशंकर चौलागाई लगाएतको सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित