कालीकोट कर्नालिको तेस्रो पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुंदै

7
SHARES
15
VIEWS

कालीकोट । कालीकोट पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुने भएको छ ।स्वस्थ्य क्षेत्रमा कालीकोट जिल्लाले अनिवार्य खोपका मापदण्ड पुरा गरेपछि कर्नालि प्रदेशको तेस्रो तथा देशको ६५ औं पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुन लागेको हो ।

यस अघि विभिन्न समयमा कर्नालि प्रदेशबाट पूर्ण खोप सम्बन्धि उचित मापदण्डका बारेमा अनुगमन भएको र जिल्ला खोप समन्वय समितिको बैठकले घोषणाको मिति तय गरेको हो । सदरमुकाम मान्म बजारमा र्यालि सहित दिउसो जिल्ला समन्वय समितिको सभाहलमा उक्त कार्यक्रम हुने जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

पूर्ण खोप सुरक्षित भविष्य र स्थानिय श्रोत र उपयोग,स्वामित्व र सहभागिता,पूर्ण खोप जिल्ला हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषित हुन लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित