रास्कोटमा हेलो मेयर कार्यक्रम शुरु,जिल्लामा पहिलो पटक गुनासो सुनुवाइका लागि टोल फ्री नम्बर संचालन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगर पालिकाले जनताका गुनासो सुन्न र समस्याको निदानका लागि टोल फ्री नम्बर संचालन गरेको छ ।रास्कोट नगरपालिकाका स्थानीयले समस्या परेपछि पैशा नलाग्ने टोलफ्री नम्बरमा फोन गर्न पाउने भएका छ्न ।रास्कोट नगर पालिकाले १० औं नगर सभाबाट हेलो मेयर कार्यक्रम संचालन गर्ने र जनताका समस्यहरुको समाधानका लागि फोन मार्फत हल गर्न हेलो मेयर कार्यक्रम संचालन गरिएको रास्कोट नगर पालिकाका प्रमुख धर्मराज शाहीले बताए । उनले भने जनता संग भौतिक उपस्थिति निरन्तर नहुने र गाउका सोझा साझा सर्बसाधारणहरुको कुरा मेयर सम्म अर्थात जनप्रतिनिधि सम्म नपुग्ने भएकाले हेलो मेयर कार्यक्रम मार्फत समाधान हुने दाबी गरेका छ्न ।जिल्लाका ९ वटै स्थानीय तहहरु मध्ये रास्कोट नगरपालिकाले हेलो मेयर कार्यक्रम र टोल फ्री नम्बर संचालनमा ल्याएको हो ।रास्कोटको टोलफ्री नम्बर १६६०८७४४००४४ रहेको बताइएको छ । कालीकोट जिल्लामा यस अघि किर्डाक नेपाल,सोसेक नेपाल लगाएतका गैरसरकारी संस्थाले मात्र टोलफ्री नम्बर संचालनमा ल्याएका थिए । रास्कोट नगरपालिकाले जनताका समस्याको विवरण राख्ने तत्काल गर्नु पर्ने कामको छिटोभन्दा छिटो हल गर्ने र सामान्या तथा मध्यम वर्गीकरण गरेर अघि बढ्ने बताइएको छ । रास्कोट नगर पालिकाले हामी गर्छौ हाम्रो नगरको बिकाश भन्ने नाराका साथ मुस्कान सहितको सेवा र जनतालाइ सहज गर्न हेल्प डेस्कको ब्यबस्था देखि गाउँ गाउँमा स्वास्थ्य परिक्षण लगाएतका सेवा शुरु गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित