फस्टाउदै अनलाइन पत्रकारिता

7
SHARES
15
VIEWS

कालीकोट । कुनै समयमा अनलाईन पत्रकारिताको नाम लिनेहरु औंलामा गन्न सकिन्थे । २०७१ साल पौष ३ गते देखि साविकको कर्नालि अंचलको कालीकोट जिल्लाबाट पहिलो अनलाईनका रुपमा कर्नालि संचार डटकम शुरु भएको थियो ।

तत्कालिन समयमा अनलाइनको पहुंच न्युन थियो । अहिले भने त्यो संख्या बढेर सहज पहुंच भएको छ ।कालीकोट जिल्लामा एक पछि अर्काे अनलाइनहरु संचालनमा आउन थालेका छन । कालीकोट जिल्लामा मात्र ठेगाना भएका एक दर्जन बढि अनलाइनहरु रहेका छन ।

कालीकोट जिल्लामा बढ्दै गएको अनलाइन पत्रकारिताले सुचनाको हक दिलाएको नागरिकमा महसुस भएपनि अनलाइन संचार माध्यमहरुबाट एउटा समाचार अर्काेलाई कपि गरेर प्रचार प्रसारमा बाहिर ल्याउने र स साना समस्याहरुले सामाजिक संजालहरुमा अर्थको अनर्थ लगाएर व्यापक आलोचना खेप्नु परेको पाइन्छ । जिल्लामा अनलाइन संचार माध्यम र पत्रकारिता पेशालाई व्यवस्थित बनाउन नितिको जरुरी भएको र त्यसको अगुवाई नेपाल पत्रकार महासंघले खेल्नु पर्ने सर्वत्र आवाज उठ्न थालेको छ ।

केवल एफएम रेडियो र छापा माध्यमहरु मात्र पत्रकारिताका अंगहरु हुन भन्ने भ्रम क्रमस अन्त गराइदिएको छ । पछिल्लो समयमा फस्टाउदै गएको अनलाईन संचार माध्यम तथा पत्रकारिता क्षेत्रमा तिव्रता आउनु सबैको अनलाइन प्रतिको तिव्रता बढ्नु सामाजिक क्षेत्रमा अग्रसरता हुनु राम्रो भएको छ ।

दिर्घकालिन रुपमा अनलाइन पत्रकारिता फस्टाउने र सामाजिक क्षेत्रमा विकास निर्माण तथा अन्य क्षेत्रमा सुशासन तथा सद्भाव कायम हुने अपेक्षा शुरु भएको छ । कालीकोटको पहिलो अनलाईन www.karnalisanchar.com देखि हाल सम्मका सबै अनलाइनहरुको प्रगतिको कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित