समाजले हेर्ने दृष्टिकोण जे भएपनि पारिवारिक रुपमा अन्तर जातिय विवाहले असर पारेको छैन-समन्वय उपप्रमुख मिना रावत

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले थालेको जनयुद्धमा सहभागि भएर कालीकोट जिल्लाको समन्वय उपप्रमुखको जिम्मेवारी पाउनु भएकी मिना रावत अछाम जिल्लाको सािवकको घुघुंरकोट गाविस ४)सांफे बगर नगरपालिका १० निवासि बुवा हर्केश रावत र आमा कोइला देवि रावतको कोखाबाट २०४५ सालमा जन्मिएकी हुन ।

गाउँकै विद्यलायमा पठन पाठन गर्दै गरेको अवस्थामा २०५८ साल मंसिरमा जनयुद्धमा सहभागि भएर विभिन्न जिम्मेवारी सम्हाल्दै २०६१सालमा जनमुक्ति सेनामा सहभागि भएर ढाडमा टेकेर टाउकोमा हान्ने रणनैतिक योजनालाई कार्यन्वयन गर्न गण्डक क्षेत्रमा गएर विभिन्न लडाइका मोर्चाहरुमा सहभागि भएकी थिइन ।

शुरुवातमा जनयुद्धमा सहभागि नभएका घुघुंरकोट गाविसकी पहिलो भुमिगत महिला हुन । रावत जनयुद्धमा सहभागि हुंदा पारिवारिक रुपमा पनि नजानका लागि पहल भएको र पार्टीले पनि घरमा गएपछि पारिवारिक दवावका कारण नआउने आशंका भएकै कारण एक वर्ष सम्म घर नगएको मिनाको भनाई छ । उनले जनयुद्धमा सहभागि हुंदाका अनुभुति बारे कर्नालि संचारको कन्नालिका आहाना मिहिना कार्यक्रममा कुरा राख्दै यहाँ सम्म ल्याई पुगाउने पार्टी नेतृत्व लगाएतलाई धन्यवाद दिइएकी थिइन ।

मिनाले जनयुद्धमा सहभागि भएपछि विभिन्न समयमा घर जांदा युद्धमा जानु हुन्न भन्दै नजान कयौं पटक दवाव दिएकै कारण आफुले ६ महिनो कञ्चनपुर गएर पढ्न लगाएको र त्यहाँबाट पनि भागेर पुन युद्धमा सहभागि भएको बताइन । आफु अछामको चौखुटटेमा रहंदा कयौं पटक नेपालि सेनाको घराबन्दिमा परेको र निकै प्रयास पछि आफन्तहरुको सहयोगमा बच्न सफल भएको बताउदै जिल्ला समन्वयको उपप्रमुखको जिम्मेवारी पाउने आशा नलिएको बताइन ।


गाउँलेहरुले आमा र दाजुहरुलाई अन्तरजातिय विहे गरेको खवर पाएर भ्रम फैलाएका थिए । तर त्यसलाई आमा र दाजुहरुले खिन्नता भएपनि पछिल्लो समय अनुसार त्यसलाई सामान्य ढंगले लिएर नराम्रो रुपमा नलिएको पाएकी छु । समाजमा हरेक खालका कुसंस्कार भएपनि माइति तर्फका आफन्तहरुले क्रमस बुझेर सामान्यकरण गर्दै गएका छन ।


कालीकोट जिल्लाको पचालझरना गाउँ पालिका ३ निवासि महाविर विश्वकर्मा(आर्वतन) संग २०६४ सालमा जनवादि विवाह बन्धनमा बांधिएकी मिनालाई पहिलो पटक माइति घर जांदा आफुलाई माइतै बस्न दवाव दिएको बताइन । तर मैले कुनै हालतले नमानेको र पछि सबैले सकरात्मक रुपमा लिएको बताइन । आफुले पटक पटक माइतिघर गएको समयमा विना भेदभाव सम्बन्ध सुदृढ भएको मिनाको भनाई छ ।

अहिले आमाले मेरो घरमा आएर बस्ने दाजुभाउजुहरु समेत सकरात्मक रहेका छन ।यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा पचालझरना गाउँ पालिका ३ बाट वडा सदस्य हुंदै कार्यपालिका सदस्यको जिम्मेवारी पुरा गरेकी मिना रावतले जिल्ला समन्वय उपप्रमुखको जिम्मेवारी पुरा गरेर विभिन्न स्थानिय तहलाई रचनात्मक सुझाव सहित अघि बढ्ने मिना रावतको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित