पचालझरनामा ६ महिनाका लागि करार सम्झौता,कार्यसम्पादनका आधारमा अघि बढ्ने

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाभरका स्थानिय तहमा करार कर्मचारी हटाउने विषयमा चर्चा संगै पचालझरना गाउँ पालिकाले करार कर्मचारीलाई काममा खटाउने भएको छ । साउन १ गते देखि लागु हुने गरी सबै करारमा रहेका कर्मचारीहरुलाई ६ महिनाको करार सम्झौता गर्ने निणर्य भएको बताइएको छ ।

पचालझरना गाउँ पालिकाका निमित्त कार्यकारी प्रमुख विरेन्द्र बमका अनुसार गाउँ पालिकामा सबै कर्मचारीहरुको प्रगति हेरेर मात्र हटाउने वा नहटाउने बारे निणर्य लिने बताएका छन ।
पचालझरना गाउँ पालिकाको आज बसेको कार्यपालिका बैठकले सो निणर्य गरेको हो ।

पचालचmरना गाउँ पालिकामा हाल ७२ जना करार सेवामा काम गर्दै आएका कर्मचारी रहेका छन । सबै भन्दा बढि स्वस्थ्य शाखामा रहेको कार्यकारी प्रमुख बमले बताएका छन ।उनले भने साउन १ गते देखि ७ गते सम्म करार सम्झौताका लागि सुचना आव्हान गर्ने र सो समय भित्र जो कर्मचारी आउछन उनिहरु संग करार सम्झौता गरिने बमको भनाई रहेको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही(अग्नि) गाउँ पालिकाको श्रोत व्यवस्थापन र कामको आधारमा करार सेवाका कर्मचारीहरुलाई ६ महिनाका लागि परिक्षण अवधिमा जसले राम्रो काम गर्छ त्यसै आधारमा करार सम्झौता थप गर्ने छौं ।जिल्लाका विभिन्न स्थानिय तहमा पालिकाले गरे जस्तो कसैलाई हटाउने होइन काम दिएर गुणात्मकता हांसिल गर्ने अध्यक्ष शाहीको दावि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित