रास्कोटले तिन महिनाका लागि करार कर्मचारीको म्याद थप्ने

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीहरुको तिन महिना म्याद थप्ने निणर्य गरेको छ । शनिबार बसेको कार्यपालिका बैठकले रास्कोट नगरपालिका भित्र कार्यरत सम्पूर्ण कर्मचारीको तिन महिनाका लागि म्याद थपेको बताइएको छ ।

रास्कोट नगरपालिकाका प्रवक्ता धन बहादुर धामिका अनुसार साउन १ गते देखि लागु हुने गरी तिन महिनामा सम्बन्धित कार्यक्षेत्रमा काम गर्ने गरी म्याद थपेको र त्यसपछि र्कासम्पादनका आधारमा थप गर्ने बताएका छन । रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीको अध्यक्षतामा नगरपालिकामा बसेको बैठकले कर्मचारीलाई हटाउने भन्दा पनि काम दिएर जनता प्रति उत्तरदायि बनाई सेवा दिन निर्देशन दिने बताइएको छ ।

यस अघि रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले जनताका काम गर्दै आएका अनुभवि कर्मचारी हटाएर काम सिक्नेलाई नियुक्त गर्नु भन्दा पुरानै कर्मचारीलाई काममा खटाउने बताएका थिए ।रास्कोट नगरपालिका निमित्त कार्यकारी प्रमुख जवानसिंह बमले अहिले तिन महिनाका लागि नियुक्ति दिने र काम हेरेर पुन नियुक्तिका लागि अघि बढ्ने बताएका छन ।

जिल्लाका पचालझरना गाउँ पालिकाले ६ महिनाका लागि करारका कर्मचारीलाई म्याद थपेको छ भने शुभकालिका गाउँ पालिकाले यस अघिका सबै करार कर्मचारीलाई हटाउने निणर्य गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित