रास्कोट नगरले जनतालाई परिवर्तनको महसुस गराउन शुरु गरिसक्यो-मेयर शाही

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही(पोषण)ले स्थानिय सरकारको जिम्मेवारी सम्हाले पछि जनताको पक्षमा निति तथा कार्यक्रम ल्याएर जनताका आधारभुत आवश्यक्ता परिपुर्ति गर्न रास्कोट नगर सरकार अघि बढेको बताएका छन ।

कर्नालि संचार संग कुरा गर्दै रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले आफुले ल्याएको निति तथा कार्यक्रमहरु आर्थिक वर्ष २०७८।०७९को अषाढ मसान्तबाट शुरु गरिएको बताउदै यस चाल आर्थिक वर्ष अर्थात साउन देखि त्यसको पूर्ण कार्यन्वयनमा लागि पर्ने बताए ।

१० औं नगर सभाले पारित गरेको निति तथा कार्यक्रम अन्तरगत मेयर हेल्थ कार्यक्रमको उद्घाटन गर्दै रास्कोट नगरपालिकाको वडा न.९थोल्म बाट शुरु गरेर सर्वसाधारणहरुलाई घरमै स्वस्थ्य परिक्षणले सकरात्मक सन्देश दिएको बताए । उनले भने तत्का रास्कोट नगरपालिकामा स्थानिय सरकार र अन्य निकायहरुको साझेदारीमा नगर बस संचालन गर्ने,स्थानिय समस्याहरुको समाधान र जनतालाई सुरक्षा प्रदान गर्न नगर प्रहरी निर्माण गर्ने,गाउँ गाउँमा सुपथ मुल्य पसल संचालन गर्न लागि परेको बताए ।

पछिल्लो समयमा रास्कोट नगरपालिकामा चोरी डकैतिका घटना बढ्न थालेको र स्थानिय सुरक्षा निकायको जनशक्ति अभाव र समग्र क्षेत्रमा पहुंच नपुग्ने भएकाले जनताको जिउ धनको सुरक्षाका लागि नगर प्रहरी आवश्यक भएको बताएका छन ।

यस अघिको सरकारले बहुवर्षिय आयोजनाको परिकल्पना गरेकोमा धन्यवाद दिदै जनताका स साना समस्याहरु देखि समग्र क्षेत्रमा नगर सरकारको महसुस नागरिकले गर्नु पर्ने र जनताको लोकप्रिय भएर काम गर्दै जिल्लाका सबै स्थानिय तह भन्दा नमुना नगरपालिका बनाउने धोको रहेको प्रमुख शाहीको भनाई रहेको छ ।

रास्कोट नगरपालिकाले जनताका समस्याको सुनुवाईका लागि टोलफ्रि नम्बर संचालनमा ल्याएको छ भने अन्य कार्यक्रम क्रमस लागु गर्न रास्कोट नगरपालिका लागि परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित