कालीकोट ।पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले आज पलाता अस्पतालको अनुगमन गरेका छ्न ।
पलाता अस्पतालको अबस्था र बिरामिलाइ भेटघाट गर्दै अध्यक्ष रोकायाले अस्पतालमा कुनै पनि अभाब हुन नदिने बताएका छ्न ।सोही क्रममा पलाता अस्पतालका प्रमुख डाक्टर बिजय कुमार महत्तोले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
पलाता अस्पतालका करार कर्मचारी हटाउने हल्लाले बन्द हुने चिन्ता स्थानीयमा भएको भएपनी जनतालाइ असर पर्ने कुनै पनि काम नगर्ने अध्यक्ष रोकायाले बताएपछि भ्रम हटेको बताइएको छ । पलातामा १५ सैयाको अस्पताल स्थापना हुनुले स्थानीयलाई राहतको महसुस भएको छ ।
Discussion about this post