कालीकोट । सदरमुकाम मान्म बजार नजिकको त्यो डांडा जहाँ स्थापना गरिएको कटेजमा दिनहुं आवतजावतको घुंइचो लाग्ने गर्दछ । खांडाचक्र नगरपालिका १ निवासि रचेन्द्र शाहीले शुरु गरेको व्यवसाय हो । जुन ठाउँमा समय मिलाएर मान्छेहरु घुमफिरमा जाने फोटो सेसन गरेर फर्किने गरेका छन ।
रारा कटेज स्थापना गरेका शाहीले स्थानिय तहको निर्वाचन अघि कटेज संचालन गरेर निर्वाचनमा बन्द भएपनि अहिले सुचारु गरेका छन । लुावरकोटको डांडामा घुम्न जानेहरु अधिकांस युवा पुस्ताका देखिन्छन । जहाँ शाहीले फोटो शेसनका लागि व्यवस्था गरेका छन भने कटेजमा खाजा खाने र फोटा हान्ने बढ्ने गरेको बताए । उनले भने १५ लाख लगानिमा शुरु गरेको व्यवसायमा शुरुवातमा राम्रो आम्दानि भएको तर घरमा पारिवारिक समस्या र निर्वाचनमा आफु समेत समय दिनु परेकाले बन्द भएपनि अहिले कटेज सुचारु गरेको र अन्य व्यवस्थापनमा गरेको बताए ।
सबैले बजार भित्र मात्र व्यवसाय हुन्छ भन्ने मान्यतालाई अन्त गर्न आफ्नै जमिनमा शुरु गरेको होटल व्यवसायले राम्रो कमाई र सबैको केन्द्रविन्दुका रुपमा रारा कटेज रहेको शाहीको भनाई रहेको छ । सदरमुकाम मान्म बजार भन्दा माथि नेपालि सेनाको क्याम्प भन्दा विचमा रहेको लुवारकोट डांडा मनोरञ्जनको क्षेत्र भएको छ ।
पछिल्लो समयमा राराको प्रवेश द्धारका रुपमा रहेको मान्म सदरमुकाममा होटल व्यवसाय फस्टाउन थालेको छ ।
जिल्ला सदरमुकाममा मानिसहरुको आवतजावत न्युन हुने आशंकाका विचबाट होटल व्यवसाय तथा अन्य कारोबार पनि बढ्न थालेको छ ।
Discussion about this post