पलांतामा गाउँ अभियानमा अध्यक्ष रोकाया

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकाया गाउँ अभियानमा सक्रिय भएका छन । विकास निर्माणको अवस्थाको बारेमा अनुगमन गर्ने र समुदायहरु समक्ष सुझाव लिन गाउँ अभियान शुरु गरेको बताइएको छ ।

पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकाया,उपाध्यक्ष अलैपुरा हमाल,कार्यकारी प्रमुख कर्मसिंह बम,वडा अध्यक्षका साथै नेकपा(माओवादी केन्द) पलांताका इन्चार्ज मान बहादुर भण्डारी लगाएतको टोलि गाउँमा अनुगमन तथा जनभेटघाटमा सक्रिय रहेको बताइएको छ ।

पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले गाउँ पालिकामा भएका कामको बारेमा स्थलगत अनुगमन गर्ने र सुधार गर्नु पर्ने भएमा थप व्यवस्थापका लागि अघि बढ्ने बताए । उनले भने यस अघिका योजनाहरुका बारेमा के कस्तो अवस्था छ र आगामि दिनमा के गर्न सकिन्छ समुदायबाट सुझाव लिएर अघि बढ्न सहज होस भनेर जनभेटघाट गरिएको बताए ।

पहिलेका योजनाहरु ठाउँ ठाउँमा सम्पन्न भएका र बजेटको अभावका कारण समस्या आएको बताउदै अध्यक्ष रोकायाले आगामि दिनमा त्यसबाट पाठ सिकेर बजेट अनुसारको काम गर्ने बताएका छन । निति विधिको अभावमा रहेको पलांता अहिले सुधार उन्मुख हुन थालेको र सक्षम नेतृत्व पाएको पलांता बासिले बताएका छन ।

स्थानियहरुले आवश्यक्ताका आधारमा योजना लागु गर्ने र काम भए नभएको हेरेर मात्र भुक्तािन दिन शुरु गर्नु पर्ने सुझाव दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित