पचालझरनामा अर्गानिक बाली उत्पादनमा कृषक सक्रिय,किसानलाइ उत्पादन बढाउन अध्यक्ष शाहीको निर्देशन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका वडा नं ९ काे तालाकाँडा मा रैथाने बालि उत्पादन र संरक्षणका लागि किसान सक्रिय हुन थालेका छन्।
पुर्खेली पेशा लाेभ हुन नदिन सिमी, फापर ,चिनु ,मकै , आलु लगायत तरकारी जन्य बस्तु उत्पादनमा आकर्षण बढ्न थालेकाे बताईएकाे छ। समयानुकल वातावरण स्याउ, ओखर समेत फल्न लागेकाे किसान नरजित शाहीले बताउनु भएको छ। वहाँका अनुसार पहिला पहिला याे पुरै जमिन बाँझो हुने गाई बस्तुभाउ चरनयाेग्य रहेको बताइएको छ।
अहिले समुदायहरुमा चेतनाकाे बिकास भएकोले खालि जमिन खुट्टा टेक्ने ठाउँ समेत नराखेर खेतीपाती गर्न लागेको बताउनु भएको छ।
यस्तै चेतना उहिले भएको भए भेडा बाख्रा ,गाई भैंसी काे मल त्यतीकै खेर जान्थ्यो जमिन बाँझो गाई ,भैंसी चर्ने हिउँदमा गहुँ छर्ने वर्षा बाँझो रहन्थ्याे ।केही बस्तु भएमा घरमा आएर लिने गरेकाे बताउदै अधिल्लाे बर्ष कसैले ३/४ कुयन्टल सिमी फलाएर बिक्री वितरण गरेकाे बताउँछन् ।
अब त्याे जमना छैन हरेक बस्तु उत्पादन गरेर मात्र हुदैन संरक्षण र बजारीकरण काे ब्याबस्थापन गर्न सके याे ठाउँ स्वर्ग बनाउन सकिने धारणा ब्याक्त गर्नु भएको छ।
पचाल झरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले गाउँ पालिकाकाे तल्लो क्षेत्रमा टिमुर,अनार ,सुन्तला ,केरा लगायत अन्य प्रजातिका फलफुल र माथिल्लो क्षेत्रमा स्याउ, नास्पति ,ओखर र तरकारीमा सिमी , आलु , फर्सी का्का ,टमाटर ,करेला लगायतका बेमौसमी उन्नत जातका फलफुल किसानलाई याे बर्ष भित्र बितरण गरि काम गर्न पचालझरना गाउँ पालिकाे कृषि शाखालाई निर्देशन दिई सकेकाे बताएका छ्न।
गाउँ पालिका अध्यक्ष शाहीका अनुसार आयात नभई  उत्पादन गरेर निर्यात मुखी कृषि आधुनिकिकरण याेजनाका बारेमा अगाडि बढ्ने लक्ष्य राखेकाे बताएका छन।
यस अधि पचालझरना वडा नं ९ लाई खुर्सानी पकेट क्षेत्रका लागि बजेट बिनियाेजन गरेको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित