कालीकोट ।कुनै समय प्रहरी गाउँ आउदा भागेर गाउँ छाड्ने चलन थियो । अहिले भने गाउँ गाउँमा प्रहरीले कुरिती,कुसंस्कार सम्बन्धी जनचेतना जोगाउदै अघि बढेको छ । इलाका प्रहरी कार्यालय रास्कोटले रास्कोट नगरपालिका वडा नम्बर ९ बालुखेतमा बिशालु च्याउ सेवनले पार्ने असर सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको छ । बालुखेतका स्थानीयहरुको सहभागितामा उक्त कार्यक्रम गरिएको बताइएको छ । यस अघि जिल्लाको शुभकालिका गाउँ पालिकामा पनि उक्त कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यलय कालीकोटले जनाएको छ । गएको साउन अघि जिल्लाका विभिन्न स्थानमा तीन सय बढी जनचेतना मुलक कार्यक्रम गरिएको बताइएको छ ।
Discussion about this post