पलातामा खाद्य सुरक्षामा सरकारले विशेष जोड दिन्छ-अध्यक्ष रोकाया

7
SHARES
15
VIEWS

कालीकोट ।पलाता गाउँ पालिका अध्यक्ष बिष्णु बहादुर रोकायाले पलातामा खाद्य संकट न्यूनीकरण गर्न स्थानीय सरकार लागि पर्ने बताएका छन।
पलातमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले यस अघि पलाता खाद्य संकटकाे क्षेत्र भएपनी पछिल्लो समय स्थानीय बाली उत्पादन बढ्दै गएको र किसानलाइ उत्पादन बढाउन विशेष जोड दिने बताए । बिहीबार पलातामा किर्डाक नेपालले आयोजना गरेको खाद्य सुरक्षा नीति निर्माण सम्बन्धि दुई दिने कार्यशाल गाेष्ठिमा सो कुरा बताएका हुन ।
उक्त कार्यक्रममा सहभागी सरोकारवालाहरुले पलातामा अर्गानिक उत्पादन बढ्ने गरेको र त्यसबाट समुदायहरुले क्रमश बाह्य खाद्यान्न आयात न्यून भएको बताएका छ्न ।
सो कार्यक्रममा नेकपा(माओवादी केन्द्र) पलाताका इन्चार्ज मान बहादुर भण्डारी,पलाताका निमित्त कार्यकारी प्रमुख कर्मसिंह बम लगाएतको सहभागिता रहेको किर्डाक नेपालका पलाताका प्रमुख पदम कठायतले बताएका छ्न । उनका अनुसार पलातामा रैथाने बाली उत्पादन बढाइ आत्मनिर्भर हुने वातावरण तयार गर्न कार्याशाला गोष्ठी गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित