पचालझरनामा ढुङ्गा लाग्दा युबकको उपचारका क्रममा मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिकामा घट्ट गएका एक युबकको ढुङ्गा लागेर मृत्यु भएको छ । पचालझरना गाउँ पालिका वडा नम्बर १ सिकुका रंगलाल न्यौपानेलाई ढुङ्गा लाग्दा घाइते भइ उपचारका क्रममा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ । आज बिहान घर बाट घट्ट बनाउन कोटखोलामा गएका समयमा माथी बाट पहिरो संगै आएको ढुङ्गाले न्यौपानेको खुट्टामा चोट लागेको र स्थानीय स्वास्थ्य चौकिमा उपचार हुन नसक्दा जिल्ला अस्पताल ल्याउदै गर्दा जितेगडामा मृत्युु भएको स्थानीय शंकर न्यौपानेले बताए।उनका अनुसार अहिले मृतकको सब जिल्ला अस्पतालमा राखिएको छ।पचालझरना गाउँ पालिकाबाट  घटना स्थलमा इलाका प्रहरी कार्यालय पचालझरनाको टोलि गएको र स्थलगत रिपोर्ट पछि दाहसंस्कार गरिने न्यौपानेले बताए ।त्यस क्षेत्रमा बर्सेनि पहिरो र भिरबाट खसेर मृत्यु हुने गरेको स्थानीयको भनाइ छ । मृतकका एक छोरा रहेको बताइएको छ ।स्थानीयका अनुसार ठाँउ ठाउँमा पहिरोले सडक अबरुद्ध हुंदा समयमै अस्पताल पुग्न नसक्दा न्यौपानेको निधन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित