रास्कोटका विद्यालयमा सेनिटरी प्याड विर्सजन सहितका सौचालया

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको रास्कोट नगरपालिकाका विद्यालयमा व्यवस्थित नमुना सौचालाय निर्माण भएपछि विद्यालयमा सहजता आएको छ ।

स्वस्थ तथा सरसफाईमा पहिलो प्रथामिकतामा राखेको रास्कोट नगरपालिकाले नगरपालिकाका ३ वटा विद्यालयमा तिन तारे सुचक पुरा गरेर विद्यालयमा व्यवस्थापन गरेको हो ।

रास्कोट नगरापलिकामा युनिसेफ नेपालको ५० प्रतिशत र नगरको ५० प्रतिशत लगानिमा जनजागृति मावि डुंग्रिडांडा फुकोट,पिंगला देवि आधारभुत विद्यालय तल्कोट र विजयपुर आधारभुत विद्यालय साहुबाडामा ५० लाख बराबरको लागनिमा सामुहिक हात धुने बाल मैत्रि धारा,युरीनल सौचालय, सेनिटरी प्याड विर्सजन स्थल भएको संरचना बनाइएको वास संयोजक गणेश रावलले बताउनु भएको छ ।

रास्कोट नगरपालिकाका सबै विद्यालयहरुमा सहज पहुंच पुगाउनका लागि खानेपानि तथा सरसफाईमा विभिन्न कार्य गर्दे आएको युनिसेफले नमुना काम गर्दै आएको रास्कोट नगरपालिकाले जनाएको छ । रास्कोट नगरपालिका कार्यापालिका सदस्य मन तिरुवाका अनुसार स्वच्छ खानेपानि तथा स्वच्छता सम्बन्धि आगामी वर्षमा २ हजार घरधुरीमा एक घर एक धारा जडान गर्ने लक्ष्य लिएको बताउनु भएको छ ।

आगामी वर्षको बजेटमा उचित व्यवस्थापन गरिएको रास्कोट नगरापलिका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । चालु वर्षको तुलनामा खानेपानि तथा सरसफाईका क्षेत्रमा विशेष ग्राहता दिएको प्रमुख बरालको भनाई रहेको छ । यस वर्ष मात्र ६ सय घरधुरीमा मिटर सहितका एक घर एक धारा जडान तथा वालवालिका केन्द्रित विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यक्रम अन्तरगत जोखिममा रहेका विद्यालयहरुको मर्मत सम्भार समेत भएको बताउनु भएको छ ।बाढि पहिरो नियन्त्रण तथा कोरोना रोकथाम सम्बन्धि काम युनिसेफ र नगरपालिकाको साझेदारीमा संचालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित