सरकार हुनु त यस्तो हुनु : पचालझरनाको लडाकाटियामा जेष्ठ नागरिक स्वास्थ्य शिबिर,वडाबासिको निशुल्क चेकजांच

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिकाको वडा नम्बर ९ मा जेष्ठ नागरिक तथा वडा अध्यक्ष हेल्थ केयर कार्यक्रम मार्फत स्वास्थ्य शिबिर संचालन भएको छ ।पचालझरना गाउँ पालिका वडा नम्बर ९ ले स्वास्थ्य शिबिर संचालन गरेको हो । वडा नम्बर ९ का वडाअध्यक्ष ललितजंङ शाहीले शिबिरको उद्घाटन गर्दै जेष्ठ नागरिक,महिला तथा फरक क्षमता भएकाहरुले गाउँ बाहिर जान नस्क्ने भएकाले शिबिरको आयोजना गरिएको बताएका छ्न ।उनले पहिलो पटक वडास्तरमा आयोजना गरिएको शिबिरबाट स्थानियले स्वास्थ्य परिक्षण गर्ने र निशुल्क औषधि उपलब्ध गराइने बताए । पलाता अस्पतालका प्रमुख डाक्टर बिजय कुमार महत्तोको उपस्थितिमा शिबिर शुरु गरिएको हो ।उक्त शिबिरमा वडा नम्बर ९ का समुदायको उपस्थिति रहेको बताइएको छ ।वडा स्तरमा गरिएको शिबिरले आफुहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी भएको र औषधि पाएकोमा बुढापाका खुशी भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित