ल भन्नुहोस ?अझ कहाँनेर बाकी छ बधाइ दिन- पत्रकार रत्न कार्की

7
SHARES
15
VIEWS

नेकपा(माओवादी केन्द्र)निकट प्रेस सेन्टर नेपालको ९ महिना पछि पदाधिकारीको टुङ्गो लगाएको छ ।त्यस भित्र साबिकको कर्नालीमा व्यापक असन्तुष्ट देखिएको छ ।त्यसमा देखिएको बिबादास्पद निर्णय कालीकोटलाइ भने बेवास्ता गरिएको छ। त्यस विषयमा पत्रकार रत्न कार्किको फरक मत जाहेर गरेको विषयलाइ यसरी प्रस्तुत गरिएको छ ।  तपाईको मिसन सफल भएको छ । तपाइलाइ बधाई छ
तपाईको मिसन बिपरीत सफल हुने साथिहरूलाइ झन मनै देखि बधाइ छ,
बैठकमा पदाधिकारी चयन हुँदै गर्दा मैले आफ्नो धारणा त राखेको छु । कालिकोट रूकुम रोल्पा जनयुद्वका आधार स्तम्भ हुन पार्टी बिभाजन अन्तरघात र कुनै प्रकारका बिचलनले पराजित गर्न नसकेका जिल्ला हुन । कालिकोट पनि पुर्व पश्चिम जनयुद्व ताका युद्वमोर्चाको कमाण्ड गर्न पुगेकै हो । तर हरेक बेला कालिकोट संग सौदाबाजि रूकुमले गरि राखेकै छ ।के पार्टी गठन के मोर्चा जवस हुदाहुदा अहिले प्रेस सेन्टरको पदाधिकारी चयनमा पनि ? तपाइको सफलतामा हामिले बधाइ दिएर निस्केका छौ ।
यो देखिएकै छ प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पुर्ण वैठकबाट प्रेस सेन्टरका नेताहरु उपाध्यक्षमा ओपेन्द्र शर्मा रूकुम, उपाध्यक्ष धुर्व बुढाथोकी,रूकुम उपमहासचिवमा दिपेन्द्र शर्मा जाजरकोट, खुला सचिवमा गणेश कञ्चन भारती सुर्खेत , अर्जुन वोहरा अति बिगट क्षेत्र कर्णालीबाट हुम्ला सचिव शुरबहादुर सिंह जुम्ला अपांगता क्षेत्रबाट नवीन रिजाल दैलेख पदेन तथा कर्णाली प्रदेस संयोजक प्रतीक शर्मा सल्यान मनोनयन गर्नु भयो । कालिकोटमा हामी पनि प्रेस सेन्टरका संस्थापकहरू संगै भुमिगत जीवन बिताएका हामी दर्जनौ प्रेस सेन्टरका नेताहहरू रहेको जगजाहेरै छ ।जुन टीका लगाउनेमा पर्न सकिएन ।
कम्रेड धुर्बले लगाउनु भएन त्यसको सफलताका लागि हुने भन्दा गर्ने धुर्ब बिक्रम बुढाथोकि लाई बधाइ छ । कर्णालिका १० जिल्लामा डोल्पा र मुगु खालि छ प्रेससेन्टर बिहिन छन रहे ८ जिल्ला ८ मा सात जिल्लाको यो कमिटीमा हैसिएत बरियता मिल्यो किनकि त्यो धुर्बको मन परेकन कारण रूकुम दुई उपाध्यक्ष हुँदै गर्दा कालिकोटको कुन हैसिएत पुगेन जवाफ दिन प्रने छ नभए ईतिहासले हामिलाइ जवाफ दिने छ ।
के कारण कि हामी कालिकोटका मानिससंग त्यो रस छैन हामी यो पार्टीमा अधिकारको रूपमा रहन पाउनु पर्छ भन्ने बिर रस भएका मानिस हौ भन्छौ । टेलिकमको जिएम सचिन रोका रूकुम बधाइ छ भन्यौ , राससको प्रमुख उपेन्द्र शर्मा बधाइ छ भन्यौ , प्रभाकर पटक पटक मन्त्री हुदा लक्ष्मि पुन रूकुम प्रेस सल्लाहकार रूकुम बधाइ छ भन्यौ , अर्थमन्त्रि हुदा प्रेस सल्हाकार सचिन रोका बधाइ छ भन्यौ , जनयुद्व ताका भुमिगत जिवनको अनुभव सम्म नगरेकालाइ प्रदेस कमिटीमा ल्याउदा बधाइ छ भन्यौ ।
पत्रकार महासंघमा तपाइनै हुनुहोस भन्यौ हुदा हुदा कर्णालिको मुख्यमन्त्रि मुख्यमन्त्री कालिकोटको जितेको महेन्द्र शाही हुदा प्रेस सल्हाकार पनि रूकुम अनि कर्णालिको सञ्चार प्रतिष्ठान गठन गर्दा काठमाण्डौ सुर्खेत पुगेका यीनै दक्षहरूका कारण हुन नसकेको जगजाहेरै छ यी सबै काममा सफलता हासिल गरेकोमा फेरि पनि बधाइ छ ।
ल भन्नुहोस अब तपाइलाइ बधाइ किन नदिने अज कोहि बाकि छ भने उचाल्नु बसाल्नु छ भने हाम्रो सिटमा पनि ल्याएर राख्नु होला रूकुमलाइ नै नपुगेको हुनाले धुर्ब जि जनयुद्वको ब्याजसमेत उठाउन खोज्नु गलत हुने छ । कार्की प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्य रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित