जनार्दन शर्माको पढ्दै कमाउदै कार्यक्रम शुरु हुंदै,एक शिक्षण संस्था एक उद्यम कार्यक्रम लागु गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । सरकारले एक शिक्षण संस्था एक उद्यम कार्यक्रम लागु गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषदले उक्त कार्यक्रम लागु गर्न इच्छुक विद्यालयहरुलाई प्रस्ताव पेश गर्न सुचना जारी गरेको छ ।

युवा परिषदले विद्यालयले उद्यम कार्यक्रम लागु गर्ने प्रतिवद्धता र उद्यम कार्यक्रम संचालन गरेको तथा उत्पादन संचालन गर्ने सामुदायिक विद्यालयलाई एक मुष्ट विउ पुंजि उपलब्ध गराउने उल्लेख गरिएको छ । उद्यमि विद्यार्थि क्लव गठन गरेर वा पूर्व विद्यार्थि मञ्च गठन भएको हुनु पर्ने सुचनामा उल्लेख गरिएको छ । पढ्दै कमाउदै कार्यक्रम अन्तरगत सो उद्यम कार्यक्रम संचालन हुन लागेको राष्ट्रिय युवा परिषदले जनाएको छ ।

गएको वर्ष अर्थमन्त्रि जनार्दन शर्माले विद्यालयहरुमा उत्पादन बढाउन र कमाउदै शिक्षा आर्जन गर्ने उद्देश्यले सो कार्यक्रम अघि बढाएका थिए । नेपालमा विद्यार्थिहरु व्यवहारिक नभएको र कृषि तर्फ आकर्षण गर्न पढ्दै कमाउदै कार्यक्रम प्रभावकारी हुने आशा गरिएको छ ।

तत्कालिन उर्जा मन्त्रि हुंदा जनार्दन शर्माले उज्यालो नेपालको अभियान थालनि गरेर नेपालको पानि जनताको लगानि कार्यक्रम अघि बढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित