तिलागुफा नगर अस्पताल व्यवस्थित बन्दै,कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठानले सहजिकरण गर्ने

7
SHARES
15
VIEWS

कालीकोट ।तिलागुफा नगरपालिका र कर्नालि स्वस्थ्य विज्ञान प्रतष्ठिान विच नगर अस्पताल व्यवस्थित गर्न सम्झौता भएको छ ।बुधबार तिलागुफा नगर पालिकाका उपप्रमुख महेन्द्र बहादुर शाही र कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार नृपेन्द्र महत तथा उपकुलपति डाक्टर मंगल रावल विच सम्झौता भएको छ ।

प्रतिष्ठानले तिलागुफा नगर अस्पताललाई विशेषज्ञ चिकित्सक सहित प्राविधिक सहयोग गर्ने बताइएको छ । प्रतिष्ठानका रजिष्ट्रार महतले स्वस्थ्य संस्थालाई स्तरउन्नतिका लागि सहकार्य गर्ने निति अनुसार तिलागुफामा संचालनमा आएको नगर अस्पतालको हरेक क्षेत्रमा आफुहरुको ध्यान दिने बताए ।

तिलागुफा नगर पालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले अब तिलागुफामा संचालनमा आएको नगर अस्पतालबाट नगरबासिले स्तरिय स्वस्थ्य सेवा पाउने बताए । उनले भने अव तिलागुफा बासिले उपचारका लागि जिल्ला बाहिर धाउनु पर्ने अवस्था अन्त भएको दावि गरेका छन ।

आज नगर अस्पतालका बारेमा बुझ विस्तार गर्दै नगर उपप्रमुख शाहीले प्रतिष्ठानले टेलिमिडिसिएन सेवा संचालन गर्ने समेत सहमति भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित