पलातामा माओवादी केन्द्रको प्रशिक्षण सम्पन्न,सचिबको जिम्मेवारी बिमलाइ

7
SHARES
15
VIEWS

कालीकोट । पलातामा नेकपा माओवादी केन्द्रको समिक्षा तथा पार्टी  प्रशिक्षण सम्पन्न भएको छ ।नेकपा(माओवादी केन्द्र)कालीकोटका संयोजक लक्ष्मी चौलागाईं( शैलेन्द्र)को प्रमुख आतिथ्यता तथा जिल्ला सचिब देबराज शाही(अग्नि)को विशेष आतिथ्यतामा भएको समीक्षा कार्यक्रममा स्थानीय तहको निर्वाचनको समीक्षा भएको बताइएको छ ।
समीक्षा तथा प्रशिक्षण कार्यक्रममा पलाता गाउँ कमिटी अध्यक्ष तथा गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाको अध्यक्षतामा भएको बताइएको छ । सो कार्यक्रममा पलाता गाउँ कमिटी इन्चार्ज मान बाहादुर भण्डारी लगाएतका नेताहरुको सहभागिता रहेको छ । सो कार्यक्रममा पलातामा छोटो समयमा फाइदा लिएर अवसरवादीहरु किनार लाग्दा जनतालाइ चिन्न पाएको बताइएको छ ।
समिक्षाका क्रममा अधिकांस गाउँ कमिटी सदस्यहरुले ती अवसरवादीलाइ पार्टीमा ल्याउदा सहिद र जनता माथी ठूलो घात हुने सुझाब आएको पत्रकार धन बहादुर शार्किले बताए ।
कार्यक्रमका प्रमुख अतिथी लक्ष्मी चौलागाईं( शैलेन्द्र)ले समिक्षात्मक प्रशिक्षण मुलक मन्तब्य दिदै पलातामा माओवादी केन्द्रको लाल किल्ला भएको र उत्पिडन विरुद्ध पलाती जनताले पार्टीलाई साथ दिदै आएको बताउदै आगामी दिनमा पनि पलाती जनताको साथ माओवादीलाई हुने र अवसरवादीलाइ घाममा सुकाउने दिन आउने बताए ।
उक्त प्रशिक्षण पछि गाउँ कमिटी बैठकले रिक्त रहेको गाउँ कमिटी सचिबको जिम्मेवारी बिम बहादुर बम( सौगात)लाई दिने निर्णय समेत गरिएको बताइएको छ । पलातामा माओवादी केन्द्रका गाउँ कमिटी सचिब लंक बहादु बमलाइ पार्टी नीति बिपरित गएको भन्दै जिल्ला कमिटीले निश्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित