नेपालमा ४३४ जना कोरोना संक्रमित थपिए, दुईको मृत्यु

7
SHARES
15
VIEWS

काठमाडौं,असार । नेपालमा पछिल्लो २४ घन्टायता देशभर थप ४३४ जना कोरोना संक्रमित भेटिएका छन् भने थप दुई जना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १११६२ पुगेको छ भने मृत्यु हुनेको संख्या २६ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर देवकोटाले कोरोना संक्रमणका कारण हुनेमा स्याङ्जाका एक जना पुरुष र चितवनका एक पुरुष रहेको जानकारी गराएका छन्।

त्यस्तै संक्रमितमध्ये ४८ जना महिला र बाँकी ३८४ पुरुष रहेका छन्। संक्रमितमध्ये २६५० जना निको भएर घर फर्किएका छन्। नेपालमा अहिलेसम्म पीसीआर मेसिनबाट १९९७३७ जनाको परीक्षण गरिएको छ भने ७४०२२ जना अझै क्वारेन्टिनमा रहेका छन्।

मन्त्रालयले जनाए अनुसार ८४८६ जना आइसोलेसन वार्डमा छन् भने २६५० जना डिस्चार्ज भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित