हांस पालनबाट शाहीले गरे मनग्गे आम्दानि

7
SHARES
15
VIEWS

कालीकोट ।कयौं युवाहरु स्वदेशमा बेरोजगार भएको भन्दै विदेशिने क्रम बढेको भएपनि मान्मका एक युवकले हांस पालन गरेर मनग्गे आम्दानि गरेका छन । खांडाचक्र नगरपालिका २ निवासि धिर बहादुर शाहीले विगत दुई वर्ष देखि हांस पालन गर्दै आम्दानि लिने गरेको बताएका छन ।

शाहीका अनुसार दुई वर्ष अघि ५ हजारमा एक जोडा हांसका चल्ला ल्याएर शुर गरेको व्यवसायबाट अहिले एक सय बढि हांस रहेको र वार्षिक रुपमा ३ लाख ५० हजार देखि ६ लाख सम्म आम्दानि हुने गरेको बताए ।एकै माउले २० देखि ३० चल्ला जन्माउने र त्यसको व्यवस्थापन गर्दै जांदा मासिक रुपमा ५० देखि ६० वटा हांस विक्रि हुने गरेको शाहीको भनाई छ । ३ देखि ५ किलाग्राम सम्म हुने हांसको ४ हजार देखि ५ हजार सम्म विक्रि गर्दाै डेढ लाख बराबरको कारोबारमा  मासिक ५० हजार मुनाफा आउने गरेको बताएका छन ।

आफुले तरकारी खेति गर्ने र पत्नि अमिता शाहीले हांसको व्यवस्थापन गर्दै आएको बताएका शाहीले कालिच फार्मको स्थापना गर्न लागेको बताएका छन । गाउँमै केही गरौं भन्ने हेतुले तरकारी खेति र हांस पालनमा जोड दिएको बताएका शाहीले अहिले सम्म कुनै पनि निकायबाट सहयोग तथा अनुदान नपाएको बताए ।

कोही कसैले यस्तो काम गरेको र आवश्यक सहयोग गरौंला नभनेको र आफुले आफै कर्म गर्नु पर्छ भनेर व्यवसायलाई निरन्तरता दिएको बताएका छन । जिल्लामा कयौं युवाहरुले गरेको राम्रो कामको प्रतिफल लिने गरेको भएपनि कर्म गर्नेहरुलाई समेत सम्बन्धित निकायबाट ध्यान नजानु दुखद भएको उनको भनाई रहेको छ ।

मनोज पशुपालन फर्म नामबाट दर्ता गरेका शाहीले गत महिना आएको अविरल वर्षाको समयमा ४० वटा हांसका चल्ला मरेको बताए ।अहिले व्यवसाय शुरु गरेको देखेर अधिकांस युवहरुमा उत्साह थपिएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित