मंसिर ४ गते विश्वकप खेल शुरु हुने

7
SHARES
15
VIEWS

काठमाडौं । फिफा विश्वकप फुटबलको उद्घाटन र पहिलो खेल आगामी मंसिर ४ गते हुने भएको छ । विश्वकपको पहिलो दिन नोभेम्बर २० मा कतार र इक्वेडरबीचको खेल हुने फिफाले आधिकारिक रुपमा जानकारी दिएको छ।

यसअघि कतार फुटबलले यसअघि २१ नोभेम्बरमा उद्घाटन र त्यससम्बन्धी खेल हुनेगरी तालिका तय गरेको थियो । उद्घाटनको दिन अन्य खेलहरु पनि हुने तालिका रहेका कारण कतारले २० नोमेम्बरमा खेल गर्ने भएको हो । सामान्यतया प्रतियोगिताको पहिलो खेलको किक अफ हुनुअघि उद्घाटन समारोह गरिन्छ । नोमेम्बर २१ तारिखमा सेनेगल र नेदरल्यान्ड्सबीचको समूह ‘ए’को खेल र समूह ‘बी’को इल्यान्ड र इरानबीचको खेल हुनेछ ।

एक दिन पहिले आयोजना गर्नका लागि फिफाका छ वटा क्षेत्रीय कन्फेडेरेसनका प्रमुख र अध्यक्ष जियानी इन्फान्टिनोले मतदान गर्नुपर्ने थियो । त्यसमा कतारले अनुमती पाएको हो । विश्वकपको पहिलो दिनमा अर्थात मंसिर ४ गते नै नेपालमा आम चुनाव हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित