प्रथम मुख्यमन्त्रीको गाउँबाट शुरु भयो पचालझरनामा सासू भत्ता घरदैलोमा बितरण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले बिगत वर्ष झै यस वर्ष घैरदैलोमा गएर सामाजिक सुरक्षा भत्ता बितरण शुरु गरेको छ ।
पचालझरना गाउँ पालिकाले वडा नम्बर ९ कोटिलामा सामाजिक सुरक्षा भत्ता बितरण शुरु भएको छ ।वडा नम्बर ९ का ८३ वर्षका जस बहादुर शाहीलाई हस्तान्तरण गर्दै सामाजिक सुरक्षा भत्ता बितरण शुरु भएको वडा नम्बर ९ का अध्यक्ष ललितजंग शाहीले बताए ।
गाउँ पालिका अध्यक्ष देबराज शाही,उपाध्यक्ष अल्किना बम,कार्यकारी प्रमुख बिरेन्द्र बम लगाएतको उपस्थितिमा शुरु भएकोअ सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रमले जेष्ठ नागरिकहरुमा खुशियाली छाएको बताए ।
नबिल बैंक पचालझरना शाखाले नगद दिदा बैंकमा लाम लागेर हैरानि खेप्नु पर्ने बाध्यतालाई बुझेर घरदैलो सेवा दिएको गाउँ पालिका उपाध्यक्ष अल्किना बमले बताइन । उनले भनिन गाउँमा आएर सामाजिक सुरक्षा भत्ता पाउँदा आफुलाइ आनन्द मात्र नभइ जेष्ठ नागरिकका अनुहारमा खुशिको सिमा नरहेको पाइयो ।
यस कार्यले वडा नम्बर ९ कि एकल महिला जानका शाहीले आउने दिनमा पनि घरमै आएर आफ्नो बूढो भत्ता पाउने बनाइदिन अनुरोध गरेकी छ्न । पचालझरना गाउँ पालिका वडा नम्बर ९ का १ सय १५ जना जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता आज पाउने भएका छ्न ।
पचालझरना गाउँ पालिकाले सबै वडामा गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने योजना बनाएको गाउँ पालिका अध्यक्ष देबराज शाहीले बताए । उनले भने फरक क्षमता भएका र जेष्ठ नागरिकलाइ गाउँ गाउँमा बितरण गर्ने र बालबालिकाहरुको बैंक मार्फत बितरण गर्ने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित