पचालझरनाका ८३ वर्षिय वृद्धले पाए गाउँमै बूढो भत्ता,बुढाबुढी खुशिले गदगद

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना ९ का ८३ वर्षीया जस बहादुर शाहीले घरदैलोमा बूढो भत्ता पाएपछि खुशी भएका छ्न । उनले गाउँमा बूढो भत्ता पाएर आफु जस्ता बुढाबुढिलाइ स्थानीय सरकारले राहत गरेकोमा धन्यवाद दिएका छ्न ।

पहिले गाबिस हुंदा घर घरमा पाएको र पछिल्लो सरकारले बैंक खाता मार्फत दिने भनेपछि आफुहरुलाइ झन्झटिलो भएको गुनासो गर्दै शाहीले कि त बैंकले सहज सेवा दिनु पर्ने हैन भने घर घरमा आएर दिनु राम्रो भएको बताए । आफुहरुलाई सहज सेवा चाहिएको भन्दै बृद्धअबस्थाका शाहीले रकम दुरुपयोग नहुने बैंकनै राम्रो भएपनी आवतजावतमा आफुलाइ असहज भएकाले जनताका प्रतिनिधिले घरमा आएर दिदा राम्रो भएको बताए ।

एकल महिला जानका शाहीले आफुहरु खुशी भएको बताइन ।उनले भनिन बैंक जांदा दिन भरी लाग्थ्यो एक पटक आएर रकम पनि पाइहाले घरको काम पनि भयो । पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले सामाजिक सुरक्षा भत्ता बितरण गर्दै जेष्ठ नागरिकलाइ असहज हुने काम स्थानीय सरकारले नगर्ने बताए । आफ्नो कार्यकाल भरी घरमै आएर भत्ता दिने अध्यक्ष शाहीले बताएका छ्न ।

पचालझरना सरकारले आज देखि वडा नम्बर ९ बाट सामाजिक सुरक्षा भत्ता बितरण शुरु गरेको कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष अल्किना बम,कार्यकारी प्रमुख बिरेन्द्र बम,वडा अध्यक्ष ललितजंग शाही सहितको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित