पर्यटन प्रवद्धनका लागि सान्नित्रिवेणिले गर्यो मुम्रामा सांस्कृतिक महोत्सव

7
SHARES
15
VIEWS

कालीकोट । पर्यटन प्रवद्धका लागि जिल्लाको सान्नित्रिवेणि गाउँ पालिकाले पहिलो पटक मुम्रामा सांस्कृतिक महोत्सव गरेको छ ।

सान्नित्रिवेणि गाउँ पालिकाले ऐतिहांसिक, धार्मिक तथा सांस्कृतिक पर्यटनको पूर्वाधार,सान्नित्रिवेणि गाउँ पालिका सम्बृद्धिको आधार भन्ने मुल नाराका साथ वडा न.९ मुम्रा चौरमा सांस्कृतिक महोत्सव शुरु भएको छ । शुक्रबार एक कार्यक्रमका विच शुरु भएको महोत्सवमा स्थानिय कला सांस्कृतिक झलकहरु प्रस्तुत गर्ने र सान्नित्रिवेणिको त्रिवेणि धाम,मुम्राको अर्गानिक खाना लगाएत रहन सहन सांस्कृतिकको प्रचार प्रसारका लागि महोत्सव आयोजना गरिएको बताइएको छ ।

सान्नित्रिवेणि गाउँ पालिका अध्यक्ष मोहन केसीको उपस्थितिमा भएको सांस्कृतिक महोत्सवमा गाउँ पालिकाका स्थानिय हुड्के नाच लगाएतको कला प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा सान्नित्रिवेणि गाउँ पालिका कार्यकारी प्रमुख,विभिन्न वडाका वडाध्यक्षहरुका साथै महिला नेतृ मिठु बम(शैलजा)को उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष केसीले सान्नित्रिवेणि गाउँ पालिकाका धामिर्क,सांस्कृतिक तथा पर्यटकि क्षेत्र र कला संँस्कृतिको संरक्षण प्रवद्धन गर्नु स्थानिय सरकारको पहिलो काम भएको बताए । उनले भने बडिमालिका तथा त्रिवेणि पाटन तथा मुम्रा लगाएतको प्रचार प्रसार गर्दै बृत चित्र तयार गर्ने बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित