Skip

News Portal

  • को हुन महेन्द्र शाही ?कस्तो छ राजनैतिक यात्रा

    कसरी बने तिलागुफा नगर उपमेयर ?

    कर्नालीसंचार संवाददाता२८ साउन
    ७७३ पटक
    २८ साउन

    कालीकोट ।राजनैतिकमा चार लाख विद्या र १४ लाख चतुर्याई चाहिन्छ भन्ने उखान बुढापाकाले गर्दै आएका सुनेकै छौं । हो त्यहि चरितार्थ लागु हुन्छ वा मेल खाने कमै मानिसमा हुने गर्दछ । सामाजिक क्षेत्रमा निरन्तर लागि परेका तिलागुफा नगरबासि महेन्द्र शाहीमा लागु भएको पाइन्छ । जसरी पनि राजनैतिक क्षेत्रमा फड्को मार्न माहिर मानिएका शाहीले तिलागुफा नगर उपमेयर भएका छन । ।

    तिलागुफा नगरपालिका निवासि आमा लसुना शाही र बुवा नरबहादुर शाहीका पहिलो सुपुत्र हुन महेन्द्र शाही । गाउँकै महादेव माविबाट एसएलसि उतिण गरे संगै पञ्चदेवल मा.वि मान्मबाट प्रबिणा प्रमाण पत्र तह उतिर्ण गरेका शाहीले राजनैतिक यात्रा भने नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थि संगठनमा आवद्ध भए संगै महादेव माध्यमिक विद्यालयकाृ इकाइ कमिटि अध्यक्षबाट शुरु गरेको बताएका छन ।

    २०५६ सालमा सो विद्यालयको इकाइ कमिटी सदस्यको जिम्मेवारी संगै शुरुवात भएको राजनैतिक यात्राका क्रममा २०५७ सालमा इकाइ कमिटी अध्यक्ष भएर जिम्मेवारी पुरा गदै २०५८ सालमा नेपाल क्रान्तिकारी विद्यार्थि संगठनको जिल्ला अध्यक्ष २०६१ सालमा केन्द्रिय सदस्य हुंदै २०६३ सालमा केन्द्रिय उपाध्यक्षको जिम्मेवारी पुरा गरेका शाही पार्टी संगठनमा केन्द्रित भएका थिए ।


    अरुले जे भनेपनि आफुले ५ वर्षमा नमुना कार्य गर्ने योजना अघि बढाएको र उत्तः योजनामा तिलागुफाका सचेत नागरिकले साथ पाउने बताए । आफुले सांस्कृतिक तथा पर्यटन क्षेत्रको विकासा लागि गुरु योजना अघि बढाउदै पर्यटन प्रवद्धनमा विशेष जोड दिने बताए । तिलागुफा अर्गानिक उत्पादनका हिसावले निकै महत्वको रहनुका साथै यहाँको उत्पादित कृषि वस्तुको बजारीकरण मार्फ समुदायलाई आत्मनिर्भर गराउने योजनामा आफुले प्रथामिकता दिएको बताएका छन


    तिला कर्नालि बहुमुखि क्याम्पस ताडीमा स्नातक गरेका शाहीले सुर्खेत शिक्षा क्याम्पस सुर्खेतबाट स्नाकोत्तर सम्म अध्ययन गरेका महेन्द्र शाही विभिन्न क्षेत्रमा आबद्ध हुंदै जनसेवाका काममा सक्रिय ढंगले अघि बढेका पाइन्छ । उनि आफैले अध्ययन गरेको महादेव मावि फोइकोटको अध्यक्षको समेत भुमिका पुरा गरेका शाहीले शिक्षा जस्तो क्षेत्रमा विशेष जोड दिन आफु अघि बढेको बताएका छन
    सोही सिल सिलामा २०६४ सालको निर्वाचन ताका नेपाल मजदुर किसान पार्टीेको जिल्ला सचिव समेत भएका महेन्द्र बहादुर शाहीले पार्टी परिवर्तन गरेर २०७३ सालमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) रोजेका शाहीलाई केन्द्रिय महाधिवेशन आयोजक समितिको जिम्मेवारी दिएको थियो ।


    महेन्द्र शाहीको राजनैतिक बृतान्त :
    २०५६मा नेक्राविसंघको इकाइ सदस्य
    २०५७ सालमा नेक्राविसंघको इकाई अध्यक्ष
    २०५८ सालमा नेक्राविसंघ कालीकोटको अध्यक्ष
    २०६१ सालमा नेक्राविसंघको केन्द्रिय सदस्य
    २०६३ सालमा नेक्राविसंघको केन्द्रिय उपाध्यक्ष
    २०६४ सालमा नेमकिपा कालीकोटको जिल्ला सचिव
    २०७३ सालमा नेकपा(माओवादी केन्द्र)को महाधिबेशन आयोजक समिति सदस्य
    २०७६ सालमा नेकपा(माओवादी केन्द्र) जिल्ला सचिवालय सदस्य
    २०७८ सालमा नेकपा(माओवादी केन्द्र) कर्नालि प्रदेश कमिटि सदस्य
    २०७९ सालमा बैशाखमा नेकपा(एमाले)को कर्नालि प्रदेश कमिटी सदस्य
    २०७९ सालमा नेकपा(एमाले)का तर्फबाट तिलागुफा नगरपालिका उपमेयर


    सो समय २०७६ सालमा माओवादी केन्द्र कालीकोटको जिल्ला सचिवालय सदस्य रहेका शाहीले करिव ५ वर्ष माओवादी केन्द्रमा आवद्ध भएर काम गर्दै गएको फागुन महिनामा नेकपा(माअ‍ोवादी केन्द्र)को कर्नालि प्रदेश कमिटिमा चयन भएका थिए ।

    राजनैतिक परिवर्तन संगै अघि बढेका निर्माण व्यवसायि शाहीले गएको स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रमा अन्तरद्धन्द्ध तथा आफु प्रतिको नेताको बुझाईमा फरक देखेकै कारण नेकपा(एमाले) प्रवेश गरेर तिलागुफा नगरपालिकाको उपमेयरमा निर्वाचित भएका छन । उनले कर्नालि संचार संग कुरा गर्दै आफु निर्वाचित भएपछि तिलागुफा नगरपालिकामा फरक पहिचानको शुरुवात भएको बताए ।
    कसरी बन्छ त? तिलागुफा नगरपालिकालाई नमुना :
    उनले निर्वाचित भइसके पछि तिलागुफा नगरवासिलाई विद्युत लाइन विस्तार गर्ने देखि सडकको स्तरउन्नति र स्वस्थ्य तथा शैक्षिक क्षेत्रमा नयाँ आयम थप्ने योजना अघि सारेका छन । आफुले तिलागुफा नगरबासिलाई कुनै पनि अभाव हुन नदिने योजनाका साथ अघि बढेको बताए ।

    अरुले जे भनेपनि आफुले ५ वर्षमा नमुना कार्य गर्ने योजना अघि बढाएको र उत्तः योजनामा तिलागुफाका सचेत नागरिकले साथ पाउने बताए । आफुले सांस्कृतिक तथा पर्यटन क्षेत्रको विकासा लागि गुरु योजना अघि बढाउदै पर्यटन प्रवद्धनमा विशेष जोड दिने बताए ।

    तिलागुफा अर्गानिक उत्पादनका हिसावले निकै महत्वको रहनुका साथै यहाँको उत्पादित कृषि वस्तुको बजारीकरण मार्फ समुदायलाई आत्मनिर्भर गराउने योजनामा आफुले प्रथामिकता दिएको बताएका छन । प्रदेशकै पर्यटन क्षेत्रका लागि महत्वपूर्ण क्षेत्र रहेको तिलागुफा,रुडुबन्चु,फोइको माथिल्लो भेगमा पर्यटन क्षेत्रका रुपमा विकास गर्ने बताए ।

    प्रतिकृया दिनुहोस्