रास्कोट र पचालझरनाले किन मागे राबा बैंक,स्थानिय तहका बैंकबाट सन्तुष्ट छैनन जनप्रतिनिधि

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाका विभिन्न स्थानिय तहमा स्थापना भएका बैंकहरुबाट छिटो छरितो काम नहुने गरेपछि अन्य बैंकहरुको माग गर्ने क्रम बढेको छ । रास्कोट नगरपालिकाले अर्थमन्त्रालय मार्फत राष्ट्रिय वाणिज्य बैंकका लागि स्थलगत अध्ययन गर्न निर्देशन समेत गरेको छ ।

गएको वर्ष पचालझरना गाउँ पालिकाका तत्कालिन अध्यक्ष खडगराज सेजुवालले पचालझरना गाउँ पालिकाको जारकोटमा स्थापना भएको नविल बैंकले सासु भत्ता वितरण गर्न नसक्दा सुर्खेतबाट नगद ल्याएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको स्मरण गर्दै साउन दोस्रो सातामा बसेको कार्यपालिका बैठकमा राष्ट्रिय बाणिज्य बैंक स्थापनाका लागि निणर्य समेत गरेको छ । त्यसै गरी रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालयमा गएर रास्कोटमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्न अर्थमन्त्रालयको निर्देशन मार्फत बैंकले स्थलगत अध्ययन गर्ने भएको छ ।

महाबै गाउँ पालिकामा रहेको कृषि विकास बैंक स्थापना भएको दुई वर्ष सम्म गाउँ पालिकाले कुनै कारोबार नगर्दा कर्मचारी काम विहिन भएपछि पुन काम सुचारु भएपनि ठुलो रकम भुक्तानि गर्न सकस पैदा भएको थियो ।जिल्लाका शुभकालिका,महाबै,नरहरिनाथ गाउँ पालिकामा कृषि विकास बैंक,सान्नित्रिवेणि गाउँ पालिकामा सानिमा,रास्कोट नगरपालिकामा ग्लोवल आइएमइ बैंक,पलांता र पचालझरना गाउँ पालिकामा नविल बैंकका शाखा कार्यालय स्थापना भएका छन ।

शाखा कार्यालयमा भुक्तानि गर्नेको संख्या बढि हुने र जम्मा गर्नेको संख्या न्युन भएकोले कठिन हुने गरेको बताइएको छ । पचालझरना गाउँ पालिकाको नविल बैंकका शाखा प्रबन्धक केवन गिरीले जिल्ला बाहिरबाट सात करोड रकम ल्याएर समाािजक सुरक्षा भत्ताको रकम वितरण गरिएको बताए । उनले भने वितरण भएको रकम बैंक जम्मा भएपछि भुक्तानि गर्न सहज हुने बताए ।

जिल्लामा संकलित हुने रकम भन्दा जिल्ला बाहिरिने रकम बढ्ने गरेकाले बैंकलहरुलाई सकस हुने गरेको बताइएको छ ।बैंकले भनेको बेला रकम नपाउने भएपछि सेवाग्राही देखि जनप्रतिनिधिहरुमा वितृष्णा पैदा हुने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित