शिक्षामा समन्वय भन्दा क्रान्ति बढी आवश्यक छ- बिद्यार्थी नेता शाही

7
SHARES
15
VIEWS

नेपालमा अहिले पनि ठूलो जनसङ्ख्या निरक्षर छ । यसलाई साक्षरतामा लैजान र साक्षरता अभियान संचालन गर्न यहाँ एक खालकाे क्रान्तिनै छेड्न पर्ने देखिन्छ । त्यसका लागि यहाँ पार्टीका कार्यकर्ता, सङ्घसंस्था, सैनिक, प्रहरी, विद्यालय, उद्योग आदिलाई साक्षरता अभियानमा खटाउन सकिन्छ । शिक्षक दरबन्दी कार्यदल २०७५ को रिपोर्टले नेपालमा शिक्षकको चरम अभाव देखाएको छ । एउटा अध्ययन अनुसार करिब ३७ प्रतिशत शिक्षक पेशाप्रति असन्तुष्ट छन् ।


यस्तो अवस्थामा आफ्नो इतिहास, मौलिकता र विशेषतालाई अनिवार्य पढ्नैपर्ने व्यवस्था गर्न आवस्यक देखिन्छ । अहिले नेपालको शिक्षामा सांस्कृतिक पुँजीको प्रभाव बढी छ ।


यस्तो अवस्थामा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्य विद्यालयमा सेवा गर्नैपर्ने व्यवस्था गर्न सकिन्छ । यसो गर्दा विद्यार्थीमा दक्षता पनि बढ्छ र शिक्षकको अभाव पनि टर्छ । ज्ञान शक्तिलाई मूल्य दिने र उत्पे्ररणा भएका शिक्षक आकर्षण गर्न सके गुणस्तर बढाउन सकिन्छ । यस्तो अवस्थामा आफ्नो इतिहास, मौलिकता र विशेषतालाई अनिवार्य पढ्नैपर्ने व्यवस्था गर्न आवस्यक देखिन्छ । अहिले नेपालको शिक्षामा सांस्कृतिक पुँजीको प्रभाव बढी छ ।
पुनरुत्पादकीय पद्धति हाबी छ । कतै कतै सामाजिक पुँजीको पनि प्रभाव छ । यसले गर्दा निजी विद्यालय पोसिने र सामुदायिक बिद्यालय भासिने भएका छन् । शिक्षाले वर्ग निर्माण गर्यो । जात, वर्ग, क्षेत्र आदिका आधारमा सिकाइको खाडल झन् भासिँदो छ ।
भौगोलिक विकटताका कारण कतै कतै विद्यार्थीसङ्ख्या निकै कम हुँदै गएको अवस्था छ । यिनीहरूलाई समायोजन गरी आवासीय ‘बिग स्कुल’का रूपमा विकास गर्न सकिन्छ । त्यहाँ श्रम र पढाइ दुवै सँगै लैजान सकिन्छ । यसाे गर्दा हामी याे देशलाई सममजबादकाे बाटाे अगाडि बढाउन सक्छाै । अहिले नेपालको शिक्षाप्रणाली आफ्नै पहिचान विरोधी जस्तो भएको छ । आयातित संस्कृतितर्फ आकर्षण छ । अहिलेकाे अबस्थामा नेपाली बिद्यार्थी हरु नेपाल नचिनि विश्व चिन्न उद्यत छन । आफ्नो भाषाभन्दा पराइ भाषाको मोह बढी छ ।

शिक्षा व्यापार हुन सक्दैन । विभेदीकरणको आधार र निराकरणको साधन शिक्षा नै हो । त्यसैले सङ्कटका बीचबाट पनि शिक्षामा अब्बल नेपाल पनि बन्न सक्छ । शिक्षामा अब समन्वय भन्दा क्रान्ति बढी आवश्यक छ


शिक्षा क्षेत्रमा राज्य निर्मित सामाजिक पुँजीको विकास गर्न जरुरी छ । माथि उल्लेखित कार्य गर्न सके र राज्यले शिक्षामा प्राथमिकता दिने हो भने राज्यले विद्यालय शिक्षाको सम्पूर्ण जिम्मा लिन सक्छ । सबैलाई एउटै सेवा सुविधासहितको पठनपाठनको अवसर दिन सकिन्छ । यसबाटै विभेदीकरण हटाउन सकिन्छ । यसबाट सामाजिक न्याय स्थापित हुन्छ । अन्यथा अरू जुन बाटोबाट हिँडे पनि समानताको बिन्दुमा पुग्न असम्भव छ । अहिले नेपाल सरकारले २०७६ देखि ०८५ साललाई शैक्षिक सबलीकरण दशक घोषणा गरेको छ । यसका लागि स्पष्ट दृष्टिकोण र दृढ प्रतिबद्धता हुन आवश्यक छ । यो बाटो सजिलो छैन तर नहिँडी सुख छैन ।


भौगोलिक विकटताका कारण कतै कतै विद्यार्थीसङ्ख्या निकै कम हुँदै गएको अवस्था छ । यिनीहरूलाई समायोजन गरी आवासीय ‘बिग स्कुल’का रूपमा विकास गर्न सकिन्छ । त्यहाँ श्रम र पढाइ दुवै सँगै लैजान सकिन्छ ।


शिक्षा व्यापार हुन सक्दैन । विभेदीकरणको आधार र निराकरणको साधन शिक्षा नै हो । त्यसैले सङ्कटका बीचबाट पनि शिक्षामा अब्बल नेपाल पनि बन्न सक्छ । शिक्षामा अब समन्वय भन्दा क्रान्ति बढी आवश्यक छ । त्यसको मूलबाटो राज्य निर्मित सामाजिक पुँजीको निर्माणको बाटो हो ।
लेखक : मनसिंह शाही अखिल(क्रान्तिकारी) केन्द्रिय सदस्य हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित